माघ १८–२२ सम्म सौराहामा दक्षिण एशियाली चलचित्र महोत्सव

0 Shares

काठमाडौं, १३ माघ 
सौराहा दक्षिण एशियाली चलचित्र महोत्सव–२०८० को तयारी अन्तिम चरणमा पुगेको छ । १८ देखि २२ माघसम्म,५दिन चल्ने महोत्सव चितवनको सौराहा,रत्ननगर–७,चित्रसारी खेल मैदानमा आयोजना गरिने जानकारी क्याराभान नेपालले शनिबार चितवनमा पत्रकार सम्मेलन गरि दिएको छ ।
पर्यटन प्रबद्र्धनसँगै नेपाली चलचित्र,बृत्तचित्र,लघुचलचित्रलगायतका कथानकलाई बिश्व बजारमा पुर्याउने उद्धेश्यले महोत्सव आयोजना गर्न लागीएको आयोजक संस्था क्याराभान नेपालका अध्यक्ष बिमल पौडेलले जनाए । समृद्धिको पूर्वाधार,पर्यटनको आधार भन्ने नाराका साथ आयोजना हुन लागेको महोत्सवमा चलचित्रका साथै पर्यटन,स्थानीय कलासंस्कृति,भेषभुषा तथा परम्परागत खानाको बिबिधता समेटिएको छ । महोत्सवमा दक्षिण एशियाली ८ देशका चलचित्रकर्मी उपस्थित हुनुका साथै ती देशमा चलचित्रसमेत प्रदर्शन गरिने छ । महोत्सवमा नेपाली चलचित्र क्षेत्रका बरिष्टदेखि उदयमान कलाकार,स्रष्टाहरु सहभागी हुनुका साथै चलचित्रको नीतिगत बिकासका लागि बहस समेत चलाइने छ ।

चलचित्र र पर्यटन बिकासका लागि राज्यलाई झक्झक्याउदै नीजि क्षेत्रले उन्नत तवरले कसरी चलचित्र निर्माण गर्न सकिन्छ भन्ने बारे छलफल गरिने छ । महोत्सवमा स्थानीय परम्परागत खानका एक सय भन्दा बढी स्टल राखिने तयारी गरिएको छ । अन्तरदेशिय संस्कृति आदान प्रदान तथा चलचित्रमा सहलगानीको बिषयलाई पनि उठान गरिने महोत्सवमा छानीएका कथानक चलचित्र,लघु चलचित्र तथा बृत्तचित्रबीच प्रतिस्पर्धा गराइ प्रथम हुने कथानक चलचित्रलाई रु ५० हजार र लघुचलचित्र,बृत्तचित्रलाई रु २५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने तयारी गरिएको छ । त्यसैगरी, नेपाली चलचित्रका बरिष्ट स्रष्टाहरुको जीवनी साक्षात्कार,नेपाली चलचित्रको अन्तराष्ट्रिय बजार,कलाकार र राजनीतिक दलका प्रतिनिधि बीच भलाकुसारी तथा पूर्वी चितवन र पश्चिम चितवनका खेलाडी बीच मैत्रीपूर्ण फुटवल प्रतियोगीता गरिने जानकारी चलचित्र निर्माता तथा महोत्सव मुल आयोजना समितिका निर्देशक किसान पोखरेलले दिए ।


महोत्सवमा राजु परियार,जीवन शर्मा,शान्तिश्री,शिला आले,पशुपति शर्मा,टीका प्रसाइ,हिमाल सागर,ज्योति मगर,कृष्ण कँडेल,बरिष्ट संगीतकार,गायक शम्भुजीत बासकोटा, एलिना चौहान,रचना रिमाल,कुल ब्वाइलगायतका चर्चित राष्ट्रिय तथा कलाकारहरुको नृत्य तथा सांगीतिक प्रस्तुति रहने छ । महोत्सव आयोजनाका लागि रत्ननगर नगरपालीकाले महत्वपूर्ण सहयोग गरेको उल्लेख गर्दै अध्यक्ष पौडेलले महोत्सवलाई चलचित्र बिकास बोर्ड,नेपाल पर्यटन बोर्ड,नेपाल टेलिकम,बागमति प्रदेश,पर्यटन मन्त्रालय,भरतपुर महानगरपालिका,माडी नगरपालिका,खैरहनी नगरपालिका,कालिका नगरपालिका,इच्छा कामना गाउँपालिका,गैडाकोट नगरपालिका,देवघाट गाउँपालिका तथा हेटौडा उपमहानगर पालिकाले पनि सहयोग गरेको बताए । महोत्सव आयोजक समितिका सहसंयोजक तथा सौराहाका ब्याबसायी गोकर्ण गिरीले यसप्रकारको महोत्सवले सुस्ताएको पर्यटन क्षेत्रलाई चलायमान बनाउने बिश्वास ब्यक्त गरे ।

 

सम्बन्धित समाचारसबै