‘चमेलीको पोइ’ को पोस्टरमा नारायण त्रिपाठीको बिजोग हालत

0 Shares

काठमाडौं ।
असोज १६ बाट बिश्वब्यापी प्रदर्शन हुने  फिल्मको अगस्त ९ मा अमेरिकाको टेक्सासमा बिशेष शो गरिदैछ ।

‘चमेलीको पोइ’ टिमले चर्चित हाँस्य कलाकार नारायण त्रिपाठीलाई हाइलाइट गरी नयाँ पोस्टर सार्वजनीक गरेको छ । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्मको सेकेन्ड लुक्स पोस्टरमा हाँस्य अभिनेता त्रिपाठी बिजोग हालतमा देखिएका छन् ।

लाग्छ उनले भक्कुमार कुटाइ खाएका छन्, उनको कपडा च्यातिएर शरीरको माथिल्लो भाग नाङ्गै छ । उनी बचेर भागीरहेको जस्तो देखिन्छ । यद्यपी उनको पीडावतारबाट चाहिँ दर्शकको मुहारमा हाँसो पक्कै छुट्छ । प्रेम चरो उपनामले समेत चिनिने त्रिपाठी डेढ दशकअघिसम्म फिल्म अभिनयमा निकै ब्यस्त थिए । एकाएक अमेरिका उडेपछि उनी अब यही फिल्मबाट पुनः दर्शकमाझ आउदैछन् ।

फस्र्टलुक पोस्टरबाटै दर्शकको ध्यान खिचेको फिल्मको यो पोस्टरमा बिचित्रका त्रिपाठीको साथमा सुरक्षा पन्त,मुकुन भुसाल,विल्सन बिक्रम राई,रामनारायण उपाध्याय,सुदिप कुँवर र उमेश राईलाई समेटिएको छ । यीबाहेक फिल्ममा प्रेमदेव गिरी,रबिन्द्र झा,अंशु महर्जन,खडकबहादुर पुन (खबपु),रजनी गुरुङ,सुनीता सापकोटा,गणेश गौतम,धनलक्ष्मी बोहरा,श्रेया नारायण,अनुष्का नारायण,मिना आरएल शाह,रितु मल्ल ठकुरीलगायतको अभिनय छ ।

सार्वजनीक प्रदर्शनमा आउनुभन्दा केही साताअघि अर्थात ९ अगस्तमा अमेरिकाको टेक्सासमा बिशेष शो आयोजना गर्न लागीएको फिल्मको कथा पनि निर्देशक बोहरा स्वयम्को हो भने पटकथा र सम्वाद लेखनमा उनलाई शिवम अधिकारीले सघाएका छन् । धन

लक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्मित फिल्मको निर्माता रामनारायण उपाध्याय र सुनीता सापकोटा छन् । कार्यकारी निर्मातामा उदय बिक्रम राणा,रितु मल्ल ठकुरी र कपील आचार्य छन् भने धनकुमारी श्रेष्ठ लाइन प्रोडयुसर छिन् ।

सुदिप कुँवर,सुमित्रा थापा,नारायण त्रिपाठी,यमप्रसाद ओली र प्रदिपकुमार सापकोटा सहनिर्माता रहेको फिल्म मुस्ताङ,पोखरा र काठमाडौंमा खिचिएको हो । फिल्मलाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।

 

सम्बन्धित समाचारसबै