असोज १६ मा निर्देशक बोहराको ‘चमेलीको पोइ’

0 Shares

काठमाडौं । 

फस्र्टलुक पोस्टरसँगै चर्चामा रहेको फिल्ममा सुरक्षा पन्त,मुकुन भुसाल र नारायण त्रिपाठी मुख्य भूमिकामा छन् ।

एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ १६ असोजमा रिलिज हुने भएको छ । दशैंको उपलक्ष्यमा दर्शकमाझ ल्याउन लागिएको फिल्म फस्र्टलुक सार्वजनीकसँगै चर्चामा रहेको हो ।
६० को दशकका चर्चित हाँस्य कलाकार नारायण त्रिपाठी (प्रेमचरो) ले करिब दुई दशकपछि ठूलो पर्दामा ‘कमब्याक’ गरेको ‘चमेलीको पोइ’ मा पारिवारिक बिषयबस्तु उठान गरिएको बताइन्छ ।

निर्माता रामनारायण उपाध्याय र सुनीता सापकोटाका साथ अभिनेत्री सुरक्षा पन्त ।

सुनीता सापकोटा र रामनारायण उपाध्याय निर्माता रहेको फिल्ममा सुरक्षा पन्त,मुकुन भुसाल,नारायण त्रिपाठी,विल्सन विक्रम राई,रविन्द्र झा,अंशु महर्जन,खड्कबहादुर पुन (खबपु),उमेश राई, रजनी गुरुङ,सुनीता सापकोटा,गणेश गौतम,प्रेमदेव गिरी,धनलक्ष्मी बोहरा,श्रेया नारायण,अनुष्का नारायण,मिना आरएल शाही,रितु मल्ल ठकुरी,अनाररत्न बज्राचार्य,विन्दु आचार्यलगायतको अभिनय छ ।

धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा उदय बिक्रम राणा,रितु मल्ल ठकुरी र कपील आचार्य कार्यकारी निर्माता रहेको फिल्मको कथा निर्देशक बोहराले लेखेका हुन भने पटकथा,सम्वाद लेखनमा उनलाई शिबम अधिकारीले सघाएका छन् । धनकुमारी श्रेष्ठ (बोहरा) लाइन प्रोड्युसर रहेको फिल्मको सहनिर्मातामा सुदिप कुँवर,सुमित्रा थापा,नारायण त्रिपाठी,प्रदिपकुमार सापकोटा र यमप्रसाद वली छन् ।

निर्देशक बोहरा र अभिनेता भुसाल

मुस्ताङ,पोखरा र काठमाडौंका बिभिन्न स्थानमा खिचिएको फिल्मका गीतमा राजनराज शिवाकोटी र आशिष अविरलको संगीत छ । कविराज गहतराजको कोरियोग्राफी र कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्मको मुख्य सहायक निर्देशक सुदिप कुँवर हुन् भने सहायक निर्देशकमा योगेन्द्र कार्की र मार्लभ ढुंगाना छन् । आरआर फिल्मस्ले बितरण गर्ने फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ ।

 

सम्बन्धित समाचारसबै