क्यानडाबाट आयो सुरज र बिनुको स्वरमा यसरी यसरी..

0 Shares

काठमाडौं ।
क्यानडाका छायांकन गरिएको भिडिया सुरज कालाखेती,विनु अधिकारी र नवीना श्रेष्ठ फिचर्ड छन् ।
गायक तथा संगीतकार सुरज कालाखेतीको यसरी यसरी..बोलको नयाँ गीतको भिडियो सार्वजनीक गरिएको छ । क्यानडाका बिभिन्न रमणीय स्थानमा खिचिएको भिडिया विनु अधिकारी युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो ।

फिल्म तथा म्युजीक भिडियो छायाँकारका रुपमा परिचित जीवन पराजुलीको निर्देशनमा बनेको भिडियोमा प्रेम, भावना र सम्बन्धका मधुर पक्षलाई प्रस्तुत गरिएको छ । डीपी खनालले लेखेको गीतमा गायक सुरजकै संगीत छ । गायनमा सुरजलाई बिनु अधिकारीले साथ दिएकी छिन् । भिडियोमा विनु अधिकारी, रमन पराजुली, सुरज कालाखेती र नविना श्रेष्ठको अभिनय छ। उत्तम अर्यालले खिचेको भिडियोमा मनोज बीकेको कोरियोग्राफी र राजेश कुमारको सम्पादन छ ।

लामो समयदेखि नेपाली चलचित्र तथा दर्जनौं म्युजिक भिडियोमा छायांकनको जिम्मेवारी सम्हाल्दै आएका पराजुलीले यसै भिडियोमार्फत भिडियो निर्देशनमा पाइला अघि बढाएका हुन् । गीत तथा भिडियोले दर्शक,स्रोताबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ ।

हेर्नुस् भिडियो–

 

सम्बन्धित समाचारसबै