जिन्दगीमा केही गर्न….(कविता)

0 Shares

कवि  – गोबिन्द राज ओझा (राजन)

ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल, डोटी 

जिन्दगीमा केही गर्न सकूँ मिठो सपना देख्छु

सोच्दा सोच्दै यतिका वर्ष बिताएको छु

धेरै कुरा छन् जिन्दगीका धेरै कुरा गर्न बाकी छ

जिन्दगीले सिकाएका सबै कुरा सम्झन बाकी छ

भन्नेले भन्छन् प्रेम जिन्दगीको ऊर्जा हो भनेर

आएको छु माया प्रेमको बेग्लै संसारमा बस्ने आशा बोकेर

किन आशु झार्‍यौ भन यो मनलाई सोध

चोखो मन मुटुको कुरा हो फेरि गएर सोध

केही कुरा लेखे हृदयबाट सोचेर लेखे

आफू घुमेको गाउँ बस्ती रनबनको कथा सबै भने

हृदयको कुना काप्चाबाट सम्बन्धको खोजी गरे

मन खुसी छ मनमा प्रेमको दियो बाली राखे  

जे भनेर बोलाउँछौ त्यो तिम्रो खुसी

हातले इसारा गरी रह्यौ आएकी छौ केही कुरा बुझी

भत्किएको घरलाई पुनः निर्माण गर्दै छौ

घरको आँगनमा लिपपोत गरेकी रहेछौ

जिन्दगीमा केही गर्न सकूँ मिठो सपना देख्छु

सोच्दा सोच्दै यतिका वर्ष बिताएको छु…

000

सम्बन्धित समाचारसबै