काठमाडौं,०९ पुष ।
बाल कलाकार सम्राट दाहालको एकल अभिनय रहेको नयाँ गीत ‘अस्ति भन्दा हिजो’ को भिडियो सार्वजनीक भएको छ । अमेरिका निवासी बालकलाकार सम्राटले ५ बर्षको उमेदेखि कलाकारिता थालेका हुन् । उनी १४ बर्ष पुगेको उपलक्ष्यमा उनको १४ औं भिडियो दर्शकमाझ प्रस्तुत गरिएको हो ।

सम्राट क्रिएसनको युट्युव च्यानलमार्फत दर्शक माझ ल्याएको भिडियो निर्देशन सम्राटका बाबु,फिल्म निर्देशक सुमन दाहालले गरेका हुन् । नेपाल आइडल सिजन ५ का विजेता करण परियारको स्वरमा रहेको ‘अस्ति भन्दा हिजो’ मा दीपक शर्माको संगीत छ । निर्देशक सुमन स्वयम्ले लेखेको गीतले बालबालिका किशोराबस्थामा प्रबेश गर्दाको मनोबिज्ञान,भावना,शारिरीक परिवर्तन तथा मानसिकतालाई प्रस्तुत गरेका छन् । भिडियो अमेरिकाको केन्टकी राज्यका बिभिन्न स्थानमा खिचिएको हो । गीत तथा भिडियोले दर्शकस्रोताबाट सकारात्मक प्रतिक्रिया र साथ पाइरहेको छ ।
हेर्नुस् भिडियो–