काठमाडौं,१८ चैत्र ।
मगर संस्कृतिमा आधारित फिल्म `
घरज्वाइँ´ को क्यारेक्टर लुक्स सार्वजनीक गरिएको छ । अनिल बुढा मगर निर्देशीत फिल्मको दुई डिजाइनका लुक्स मध्य एउटामा अभिनेता दयाहाङ राई बन्दुक बोकेर रिसाहा अवतारमा प्रस्तुत भएका छ्न भने अर्कोमा उनी अभिनेत्री मिरुना मगरका साथ डोकोहरु बोकेर गृहस्थ जीवन निर्वाह गरेको देखिएको छ । क्यारेक्टर लुक्सले `घरज्वाइँ´प्रति दर्शकमा कौतुहलता बढाउने बढाएको छ ।
पूर्वी रुकुमका विभिन्न रमणीय स्थानहरुमा करिव एक महिना छायांकन गरिएको`घरज्वाँइ´को निर्माता जनक घर्ती मगर हुन । निर्देशक अनिल बुढाको कथा अनि पटकथा,संवाद लेखनमा उनलाई बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएको फिल्म सुसन प्रजापतिले खिचेका हुन । जिएम मुभिजको ब्यानरमा निर्मित फिल्मका गीतमा हर्क साउद र मनोज थापाको शब्द,संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ । कृष्ण भन्डारीले सम्पादन गर्ने फिल्मको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएम,अष्ट्रेलियाले अन्तरास्ट्रिय प्रदर्शन अधिकार लिइसकेको फिल्मलाई आर आर फिल्मले बितरण गर्ने छ ।
असार २८ गते प्रदर्शन हुने फिल्ममा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ,पुष्कर गुरुङ,शिशिर बाङ्देल,भोलाराज सापकोटा,खड्कबहादुर पुन (खबपु),राज थापा,कविता आले,शिला आले,अनु थापा,बिना थापा मगर,सोनाम लामा,बिबेश बुढा मगर,सुनिल मगरले अभिनय गरेका छ्न ।