काग्रेस महामन्त्री शर्माको गीत ‘बिगुल’ मा

0 Shares

काठमाडौं,१६ पुष ।
पछिल्लो समय चर्चामा रहेको फिल्म ‘बिगुल’ मा समाबेश ‘आउ यस्तो देश बनाऔं’ दर्शकमाझ ल्याइएको छ । नेपाली काग्रेस महामन्त्री बिश्वप्रकाश शर्माको शब्द र संगीत रहेको गीत राजेश पायल राईले गाएका हुन् ।


दिनेश कोइरालाको कथा र निर्माण रहेको ‘बिगुल’ को सार्वजनीक जागरण गीतले अहिले दर्शकको मन जितिरहेको छ । गीतमा नेपाली जनताको परिवर्तनको चाहना,भ्रष्टाचारको अन्त्य,समाबेशी सिद्धान्त,हरेक नागरिकले स्वतन्त्रतापूर्वक जीउन पाउने अधिकार लगायत न्यायपूर्वक सम्मानीत जीवनयापनको वकालत गरेको देखिन्छ । गीतमा चुनावी माहौल देखिएको छ । देशमा आसन्न चुनावको सन्दर्भमा सार्वजनीक गीतले थप माहौल तताएको छ ।

रमेश कोइरालाको निर्देशनमा बनेको ‘बिगुल’ लाई भुइँमान्छको कथा र समृद्ध नेपालको आव्हानका रुपमा ब्याख्या गरिएको छ । निर्देशक कोइराला भन्छन्,‘देशको समसामयिक घटनाक्रम अनि राजनैतिक बिषयमा आधारित कथाबस्तु भए तापनि चलचित्र पूर्ण ब्याबसायिक ध्ययेले निर्माण गरेका हौं । चलचित्रमा समाज जागरणको सन्देशका साथमा भरपुर मनोरञ्जन प्रस्तुत गरेका हौं ।’


फिल्ममा बेनीशा हमाल,नरेन खड्का, रमेश बुढाथोकी,नीर शाह,सरोज खनाल,हेमन्त बुढाथोकी,शिसिर वाङ्देल,बिनोद न्यौपाने,जेएन घिमीरे,गीता अधिकारी,मीरा पण्डित,मानश्री शर्मालगायतको अभिनय छ । म्याग्नोलिया ग्रुपको ब्यानर महेश कोइराला र सूर्यकान्त कोइराला सहनिर्माता रहेको फिल्मको स्क्रिप्ट प्रदिप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन् ।

शिब ढकालको छायाङकन,कमल राई र कविराज गहतराजको नृत्य निर्देशन,एनवी महर्जनको द्वन्द्व निर्देशन,बिश्वप्रकाश शर्मा,अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको चलचित्रकोे सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका हुन् । माघ ९ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई काफिया फिल्म्स् र श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले बितरण गर्दैछ ।

सम्बन्धित समाचारसबै