काठमाडौं ।
चलचित्र कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघले आफ्नो ३६ औं स्थापना दिवसको अबसरमा गृह्येश्वरी,बागमति तटमा बृक्षारोपण गरेको छ । ‘जन्मदिनलाई सतकर्ममा बदलौं’ भन्ने अभियानलाई साथ दिदै कलाकार संघले बृक्षारोपण गरेको हो । कलाकार संघको आयोजनामा सम्पन्न बृक्षारोपण कार्यक्रमको संयोजन तराई बिकास तथा संचार केन्द्रका प्रमुख बरिष्ट पत्रकार गोबिन्द चौलागाईले गरेका थिए । पत्रकार चौलागाईले केही महिनाअघि रौतहटबाट सुरु गरेको जन्मदिनलाई सतकर्ममा बदलौं भन्ने अभियानले अहिले राष्ट्रिय रुप लिइसकेको छ । आइतबारको बृक्षारोपणको प्रमुख अथिति अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा आमात्य र बिशिष्ट अथिति उज्यालो नेपालका नायकका रुपमा परिचित बिद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले बृक्षारोपण अभियानको खुलेरै तारिफ गरे ।
आयुक्त डा.अमात्यले चलचित्र कलाकार संघको स्थापना दिवसको शुभकामना दिदै अहिले नेपाली मौलिकता हराउदै गएको तथा बिदेशी फिल्मको प्रभाव बढ्दै गएकोमा चिन्ता ब्यक्त गर्दै सबैले नेपाली फिल्म हेर्न जोड दिनुपर्नै बताइन् । उनले बृक्षारोपण अभियानको प्रसंसा गर्दै सम्पूर्ण कलाकर्मीले यो अभियानलाई अघि बढाइ वातावरण सन्तुलन र पर्यवरण संरक्षणमा भूमिका खेल्नुपर्ने राय ब्यक्त गरिन् । त्यस्तै बिद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत घिसिङले बरिष्ट पत्रकार चौलागाईको बृक्षारोपण अभियानबाट प्रभावित भइ आफूले बिद्युत प्राधिकरणको मातहतका कार्यालयहरुमा समेत बृक्षरोपण गर्न लगाउने गरेको स्मरण गरे । ‘बिद्युत प्राधिकिरणले खाली रुख मात्रै काट्छ पनि भन्ने गरेको सुन्ने गरिएको छ । तर, मैले मेरो मातहतका कार्यालयहरुलाई बृक्षारोपण गर्न लगाउने गरेको छ । यो सबै गोबिन्दजीको अभियानबाट सुरु गरेको हुँ ।’ उनले आफू केही समयअघिबाट यो अभियानमा जोडिएको बताउँदै सम्पूर्ण नेपालीले आफ्नो जन्मदिनको अवसरमा कम्तीमा एउटा बृक्ष रोप्न आग्रह गरे । वातावरण जोगाउनका लागि बृक्षारोपण निकै आबश्यक रहेको उनले बताए । उनले चलचित्र कलाकार संघलाई स्थापना दिवसको शुभकामना दिदै सबै सेलिब्रेटीले यो अभियानमा साथ दिनुपर्ने राय राखे । अभियन्ता चौलागाईले आफूले सुरु गरेको जन्मदिनलाई बृक्षारोपण गरि सतकर्ममा जोडौं भन्ने अभियानले ब्यापक्ता पाउदै गएकोमा खुशी ब्यक्त गरे । उनले चलचित्र कलाकार संघलाई स्थापाना दिवसको शुभकामना दिदै सबै कलाकार एक बद्ध भइ बृक्षारोपण अभियानलाई अघि बढाउन सहयोग गर्नुपर्ने धारणा राखे ।
कलाकार संघका निवर्तमान अध्यक्ष रबिन्द्र खड्काले आफ्नो संघले स्थापना दिवसको दिन बृक्षारोपण जस्तो सतकर्म गर्न सकेकोमा खुशी ब्यक्त गरे । उनले हरेक नागरिकले आफ्नो जन्मदिनलाई यसरी नै सार्थक तुल्याउनु पर्ने धारणा राखे । चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीपक पराजुलीले सम्पूर्ण चलचित्र निर्देशकहरुको तर्फबाट बृक्षारोपण अभियानलाई अघि बढाउन पहल गर्ने बताए भने बरिष्ट चलचित्र पत्रकार,निर्देशक तथा निर्माता लक्ष्मण सुवेदीले आफू केही समयअघिबाट यो अभियानमा जोडिएको र अन्य चलचित्रकर्मीहरुलाई पनि जोड्ने पहल गरिरहेको बताउदै यो महान अभियानलाई देशभित्र मात्र नभइ बिश्वब्यापी बनाउनु पर्ने धारणा राखे । उनले यो धर्ती सबै मानवको साझा घर भएकाले बृक्षा रोपण गर्नु सबैको दायित्य भएको बताए । कार्यक्रमम प्रमुख अथिति डा. अमात्य,बिशिष्ट अथिति घिसिङका साथमा अभियन्ता चौलागाई, कलाकार संघका पूर्वअध्यक्ष रबिन्द्र खड्का,बरिष्ट उपाध्यक्ष शिबहरि बैरागी,कोषाध्यक्ष सुनील कटवाल, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, महासचिव अरुण प्रधान,बरिष्ट पत्रकार,निर्देशक लक्ष्मण सुवेदी, कलाकारहरु नम्रता खरेल,राजकुमार शाह,जीवन उमा कार्की, जयन्त रेग्मी, राजु शाहीलगायत थुप्रै राष्ट्रिय खेलाडीहरुले बृक्षारोपण गरेका थिए ।