`आउट ल´ मा सुशीलको एक्सन अवतार, ३ असोजमा हुदैछ रिलिज

0 Shares

काठमाडौं

अभिनेता सुशील श्रेष्ठ स्टारर नयाँ फिल्म ‘आउट ल : दफा २१९’ संबिधान दिवसको दिन,३ असोजबाट प्रदर्शन हुने भएको छ । फिल्मको फर्स्टलुक पोस्टरमा सुशील एक्सन अवतारमा देखिएका छन ।

विक्की महर्जनले निर्देशनमा निर्माण भएको फिल्ममा शिक्षा संग्रौला, नरेश पौडेल, शिक्षा, सुमन भण्डारी,हेम गुरुङ, सोनी लागुनलगायतको अभिनय छ । विनोद कडायत र सशांक खड्का कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह-निर्मातामा छन् । नविन गुरुङले खिचेको फिल्म ‘ट्रेलर मास्टर’ साहिल खानले सम्पादन गरेका हुन ।

चुल्ठे काजीको द्वन्द्व निर्देशन रहेको फिल्मले एक्सन फिल्मको नयाँ ट्रेन्ड बसाल्न सक्ने आँकलन गरिएको । अभिनेता सुशील केही समयको ग्याप पछि पर्दामा कमब्याक गर्न लागेका हुन । पोस्टर रिलिजसँगै `आउट ल´ ले राम्रो चर्चा पाएको छ ।

 

सम्बन्धित समाचारसबै