हिन्दी ‘तस्विर..’ मा प्रभात पल र प्रनिमा

0 Shares

काठमाडौं ।
दार्जिलिङ निवासी गायक स्माइल दासको स्वरमा ‘तस्वीर..’ बोलको हिन्दी गीत सार्वजनीक भएको छ । अम्बिका गुरुङको शब्द र शंकर थापा (स्माइल) को संगीत रहेको गीतको भिडियो मनाङ जिल्लाका बिभिन्न रमणीय स्थानहरुमा खिचिएको छ ।

भवसागर इन्टरटेन्टमेन्ट एलएलसी च्यानलमार्फत दर्शकमाझ ल्याइएको गीतको भिडियो केशबराज भट्टले निर्देशन गरेका हुन् । हिन्दी भाषाको गीतको बजार ठूलो तथा बिश्वब्यापी रहेकाले हिन्दीम गीत ल्याइएको निर्माताले बताएका छन् । भिडियोमा प्रभात पाल ठकुरी र प्रनिमा दाहाल र देवेन्द्र बरालको अभिनय छ । उत्सव दाहालले खिचेको भिडियो मिलन श्रेष्ठ र बन्दे प्रसादले सम्पादन गरेका हुन् ।
हेर्नुस् गीत–

 

सम्बन्धित समाचारसबै