साउन २२ मा ‘हली’

0 Shares

काठमाडौं ।
वास्तवीक जीवनका घटनाहरुबाट प्रेरित  बताइने ‘हली’ ओम प्रतिकले निर्देशन गरेका हुन् ।

निर्देशक ओम प्रतिक निर्देशीत फिल्म ‘हली’ साउन २२ बाट प्रदर्शनमा आउने भएको छ । शुक्रबार फिल्मका नयाँ दुई पोस्टरका साथमा रिलिज डेट सार्वजनीक गरिएको हो । जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मसको सहकार्यमा निर्माण भएको फिल्मको निर्मातामा पूजा गुरुङ र जश्मिन श्रेष्ठ छन् ।

प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीका साथमा निर्देशक प्रतिक आफै मुख्य भूमिकामा रहेको फिल्मको एउटा गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्मालाई प्रस्तुत गरिएको छ ।

राहुल राईले खिचेको फिल्मका गीतमा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत छ । नेशनल सिने ग्रुपले बितरण गर्ने फिल्मले देशको बिकासमा हलीले खेल्ने बिषय उठान गरिएको बताइन्छ ।

सम्बन्धित समाचारसबै