काठमाडौं ।
‘महाभारत’ नाटक जेठ १४ बाट असार ७ गतेसम्म मञ्चन हुनेछ ।
कान्तिपुर फिल्म एकेडेमीले ‘महाभारत’ नाटक मञ्चन गरेको छ । जेठ १४ देखि असार ७ गतेसम्म कान्तिपुर थिएटर,गैह्रीधारामा निरन्रतर मञ्चन हुने यही नाटकमार्फत चर्चित हाँस्यब्याङ्ग्य अभिनेता मनोज गजुरेलले पहिलोपटक नाटकमा अभिनय गरेका छन् ।

केही साताअघि ‘सेतो धरती’ मञ्चन गरेको कान्तिपुर थिएटरको यो ‘महाभारत’ मा गजुरेलका साथमा बरिष्ट अभिनेता रमेश बुढाथोकी,सुवर्ण थापालगायतका फिल्ममा चलेका कलाकार पनि एकपटक पुन स्टेजमा उत्रिएका छन् ।

भारतका प्रसिद्ध लेखक कुलदीप कुणाको नाटकलाई नवीन भट्टले नेपाली रुपान्तरणका साथै डिजाइन र निर्देशन गरेको ‘महाभारत’ को कोरियोग्राफी अनिष क्षेत्रीले गरेका छन् ।
बुधबारबोहक हरेक साँझ सवा ५ बजे मञ्चन हुने नाटकको सार्वजनीक बिदाको दिन दिउँसो सवा एक बजे अतिरित्त शो मञ्चन गरिने बताइएको छ । बिद्यार्थीलाई सीमित कोटामा ३०० र अरुलाई ५०० र एक हजार रुपैयाँ टिकट शुल्क तोकिएको छ ।