0
Shares

समाजिक संजालमा चर्चित भेलु बाजे (मिनबहादुर बुढा मगर) को बिहिबार साँझ ७:४० बजे मृत्यु भएको छ ।`ख्याल ठ्ट्टा´ लगायतका टेलिसिरियलमा समेत अभिनय गरेका भेलुको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवार प्युठानमा निधन भएको हो ।
सामाजिक सञ्जाल युट्युब र टिकटकमा भाइरल भएका भेलु आफ्नो रमाइलो बोलिका कारण चर्चित छ्न । भाइरल भएपछि उनी विभिन्न मेला महोत्सबमा नाच्ने गर्दथे । प्युठान नगरपालिका-५, जुम्रीकाँडाका उनले झन्डै एक बर्ष श्रीमती गुमाएका थिए ।