६ दिनमा ‘बोक्सीको घर’ को ब्यापार ५ करोड ४५ लाख !

0 Shares

काठमाडौं ।
‘बोक्सीको घर’ को सिक्वेल बन्ने भएको छ । हाल आक्रामण रुपमा ब्यापार गरिरहेको फिल्म युनीटले बिहीबार राजधानीमा प्रेस भेटघाट गरि ६ दिनसम्मको ग्रस कलेक्सन सार्वजनीक गर्दै सिक्वेल बन्ने संकेत दिएको हो । निर्देशक सुलक्षण भारतीले ‘बोक्सीको घर’ को सिक्वेल लेखन सकिएको भए तापनि ततकालै सुटिङ नगरिने बताए । अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले ‘बोक्सीको घर’ को अकल्पनीय सफलता आफूलाई सपनाजस्तो लागीरहेको बताइन् । उनले मौलिक कथामा फिल्म बनाउदा दर्शकको साथ पाएको अनुभव सुनाइन् ।

बितरकका अनुसार ‘बोक्सीको घर’ ले बुधबार अर्थात् प्रदर्शनको छैठौं दिनसम्म कुल ५ करोड ४५ लाख ग्रस गरेको जनाएको छ । फिल्मले पहिलो दिन देशभर ८० लाख,दोश्रो दिन १ करोड ५० लाख, तेश्रो दिन ५३ लाख,चौथो दिन ४१ लाख,पाँचौ दिन ६१ लाख र छैठौ दिन १ करोड ६० लाख ग्रस गरेको दावी बितरक टि फल्कको छ । ‘बुझीनँ मैले’ गीतका कारण पनि दर्शक तान्न सफल भएको फिल्ममा केकीका साथमा रमा थपलीया,बालकलाकार सुपला सापकोटा आदिले अभिनय गरेका छन् ।

सम्बन्धित समाचारसबै