धीरजकाजी र सजिनाले जिते मिस्टर एण्ड मिस नेसनल नेपालको उपाधि

0 Shares

काठमाडौं ।
‘मिस्टर एन्ड मिस नेसनल नेपाल–०२४’ को फाइनलमा सजिना खनालले मिस सुप्रा नेसनल र धीरजकाजी बस्नेतले मिस्टर सुप्रा नेसनलको उपाधि जितेका छन्। बुधबार प्रज्ञा प्रतिष्ठानमा सम्पन्न  प्रतियोगितामा मोनिका अधिकारीले मिस ग्लोब नेपाल, आयुष्नोभा ढुंगानाले मिस इन्टरकन्टिनेन्टल नेपाल र क्षितिज श्रेष्ठले मिस्टर इन्टरनेसनल नेपालको उपाधि जितेका छन् ।

महिलातर्फ रजिता पराजुली फर्स्ट रनरअप र संस्कृति भट्ट सेकेन्ड रनरअप बने भने पुरुषतर्फ मिलन भट्टराई र सन्देश सिटौलाले क्रमशः फर्स्ट रनरअप र सेकेन्ड रनर अपको उपाधि हासिल गरे । सनुर्वी इन्टरनेसनलले आयोजना गरेको प्रतियोगिताको फाइनलमा २९ जना युवायुवती प्रतिस्पर्धी थिए । उनीहरुलाई फाइनल राउन्डमा बिभिन्न २० बिधामा प्रतिस्पर्धा गराइएको थियो । मोडल,अभिनेता दीक्पाल कार्कीले कोरियोग्राफी गरेको प्रतियोगिताको निर्णायकमा डा. सन्तोष उपाध्याय, प्रिया सिग्देल, अभिनेता पुष्प खड्का, लक्ष्मण गौतम, मधुसुधन अर्याल, दीपा गुरुङ, राजु केसी, विवेकसिंह ठकुरी र पुष्पा भुसाल थिए ।

 

प्रतियोगीहरुले ट्यालेन्ट राउन्ड, टप मोडल राउन्ड, स्वीम वेयर राउन्डजस्ता विभिन्न विधामा आफ्नो प्रतिभा देखाएका थिए। फाइनलका विजेताहरुलाई ५ लाख बराबरको गिफ्ट ह्याम्पर प्रदान गरियो। आयोजकका अनुसार, विजेता प्रतियोगीलाई नेपालको प्रतिनिधित्व गर्न मिस्टर एण्ड मिस सुप्रा नेसनल शीर्ष उपाधि बिजेतालाई पोल्यान्ड, मिस्टर इन्टरनेसनलनलाई थाइल्यान्ड, मिस ग्लोब नेपाललाई अल्बानिया र मिस इन्टर कन्टिनेन्टल बिजेतालाई इजिप्ट पठाइने छ।

सम्बन्धित समाचारसबै