मैथली,भोजपुरी र नेपालीमा ‘लेबर’ बनाउदै पूर्णेन्दु

0 Shares

काठमाडौं ।

निर्देशक पूर्णेन्द्र झा चन्दुले बिश्व मज्दुर दिवसको अवसर पारेर नयाँ फिल्म ‘लेबर’ घोषणा गरेका छन् । मुख्यगरी मैथली भाषामा बनाइने ‘लेवर’ को बुधबार सुन्धारास्थित सिडिसी सिनेमामा प्रेसमिट गरि टिजर प्रदर्शन गरियो । टिजरमा बैदेशीक रोजगारीमा जान नचाहने,देशमै बसेर जनजीवन परिवर्तन गर्न चाहने युवाको अडान र संघर्षको बिषयलाई उठान गरिएको छ । मैथलीसहित भोजपुरी र नेपाली भाषामा समेत प्रदर्शन गरिने फिल्मको सुटिङ दुई सातापछि सुरु गरिने जानकारी निर्देशक पूर्णेन्द्रले दिएका छन् ।

यसअघि ‘संरक्षण’ र ‘चौका दाउ’ निर्देशन गरेको पूर्णेन्द्रको ‘लेवर’ मा उत्पल झा,रामभजन कामत,राजेश सक्सेना,जयनाथ अधिकारी,राकेश यादवलगायतका कलाकारले अभिनय गर्दैछन् । फिल्मका अन्य कलाकार छिट्टै चयन गरिने छ । आलोक शुक्लाले खिच्ने फिल्ममा हिमाल केसीको द्वन्द्व निर्देशन र प्रबेश मलिकको संगीत र बिजएम रहने छ । अरिपन फिल्मस् एण्ड पूर्णेन्दु प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्मको सहनिर्मातामा सतेन्द्र झा,संजय झा,शेरु खान,शिखा ठाकुर,नारायण अधिकारी,धीरेन्द्र प्रेमर्षी,रमेशरञ्जन झा, र लक्ष्मी ठाकुर छन् ।
हेर्नुस् टिजरः–

सम्बन्धित समाचारसबै