
काठमाडौं ।
‘पुजार सार्की’ फिल्ममा समाबेश दोश्रो गीत मंगलबार सार्वजनीक गरिएको छ । जेठ १० गते प्रदर्शन हुने फिल्मको ‘रिमै..’ बोलको गीतमा फिल्मका सबै प्रमुख कलाकार–आर्यन सिग्देल,प्रदिप खड्का,पल शाह,अञ्जना बराइली,परिक्षा लिम्बू,लोकेन्द्र लेखकलाई प्रस्तुत गरिएको छ । निर्देशक दिनेश राउतकै शब्द र निर्माता सुबास भुसालको संगीत रहेको गीतमा देवेन्द्र बराल र मुना ठटालको स्वरमा छ ।
निर्माण घोषणासँगै चर्चामा रहेको मल्टिस्टारर ‘पुजार सार्की’ को यसअघि सार्वजनीक गरिएको ‘दर्शन गरें’ बोलको गीतले पनि दर्शकस्रोताको मन जितिरहेको छ । प्रतीक्षित फिल्मको रुपमा रहेको ‘पुजार सार्की’ मा अन्तरजातिय प्रेम,जातीय छुवाछुत तथा धनीगरिब बीचको खाडलको बिषयलाई प्रस्तुत गरिएको बताएको छ ।
देशमा बहुदलीय ब्यबस्था पुनबहाली हुनुभन्दा केही समयअघिको परिबेशको कथामा निर्माण गरिएको छनक दिएको फिल्ममा आर्यन,प्रदिप,पल,अञ्जना र परिक्षाका साथमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराललगायतले अभिनय गरेका छन् । विकास सुवेदीले लेखेको फिल्म किङ्गडम नेटवर्कको ब्यानरमा निर्माण भएको हो । नेपालमा आरआर फिल्मस र अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्ने फिल्म राजेश श्रेष्ठले खिचेका हुन भने सम्पादन भरत रेग्मीले गरेका छन् । निर्माता भुसालले फिल्म देश र बिदेशमा एकैदिन प्रदर्शन हुने जानकारी दिएका छन् ।
हेर्नुस् गीतः–