0
Shares
काठमाडौं ।
पूजा शर्मा अभिनीत एक्शन लभ स्टोरी फिल्म ‘दान्भी’ रिलिज हेरफेर भएको छ । पहिला जेठ १० गतेलाई मिति तोकिएको भए पनि अब यो फिल्म असार ७ गते रिलिज हुनेछ । अभिनेत्री पूजाको जन्मदिनको अवसर पारेर सोमबार ‘दान्भी’ को नयाँ प्रदर्शन मिति तय गरिएको हो ।
जेठ १० मा ‘फर्की फर्की’ र ‘पुजार सार्की’ प्रदर्शन हुने भएकाले एउटै मितिमा तीन वटा फिल्म रिलिज गर्न उचित नदेखिएकाले सहमतिको बाटो रोज्दै सरेको उपत्यका बितरक करण श्रेष्ठले बताए । रुपेश तामाङ निर्देशीत ‘दान्भी’ मा पूजाका साथमा कन्साङ बमजन मुख्य भूमिकामा छन् । फिल्मको निर्माता देब मगर र अनुप अनुप गदाल हुन ।