खुल्यो फेस अफ नेपाल–०२४ को अडिसन

0 Shares

काठमाडौं ।

‘फेस अफ नेपाल–०२४’ को आवेदन खुलेको छ । सन् २०१६ देखि हरेक बर्ष आयोजना हुदै आइरहेको प्रतियोगीताको आयोजक यसपालि एमएस प्रोडक्सन नेपाल रहेको छ । आयोजक संस्थाकी नेशनल डिरेक्टर मेनुका माझीले यस बर्षदेखि प्रतियोगीता आयोजनाको जिम्मा आफ्नो संस्थाले लिएको जानकारी दिइन् ।

आइतबार राजधानीमा आयोजीत प्रेसमिटमा प्रतियोगीतामा १८ देखि ३० बर्ष उमेरका पुरुष –महिलाले प्रतिस्पर्धा गर्न सक्ने जानकारी दिइयो । प्रतियोगीताका लागि पुरुषको उचाइ कम्तीमा ५ फिट ८ इन्च र महिलाको ५ फिट ५ इन्च हुनुपर्ने प्राबधान राखिएको छ । फेस अफ नेपाल दक्षिण कोरियामा आयोजना हुँदै आइरहेको मोडल हन्टको फ्रेन्चाइज हो । कोरियामा २७ भन्दा बढी देशका मोडेलले यो प्रतियोगीतामा प्रतिस्पर्धा गर्ने गरेका छन ।

प्रतियोगीतामा प्रतिस्पर्धा गर्न चाहने युवायुवतीले १७ बैशाखदेखि आवेदन दिन सक्नेछन् । यसका लागि सात वटै प्रदेशमा अडिसन गर्ने तयारी भइरहेको बताइएको छ । छनौट प्रक्रियामा सहभागीका लागि चर्चित प्रशिक्षकहरुद्वारा १५ दिनको बिशेष तालिम दिइनेछ ।

जुलाईमा हुने फाइनलमा जज्हरुको मुल्यांकन र भोटिङबाट तीनजना बिजेता घोषणा हुनेछन् र ती तीन बिजेता नोभेम्बरमा साउथ कोरियामा आयोजना हुने प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्न जानेछन ।

सम्बन्धित समाचारसबै