‘बुहारी’ अब ओएसआर डिजिटल र हिमालय टिभीमा

0 Shares

काठमाडौं ।
पछिल्लो समय दर्शकले औधि रुचाएको टेलि सिरियल ‘बुहारी’ अब हिमालय टेलिभिजन र ओएसआर डिजिटलको युट्युव च्यानलमार्फत प्रशारण हुने भएको छ । राजधानीमा सोमबार प्रेसमिट गरि ‘बुहारी’ हिमालय टेलिभिजन र ओएसआर डिजिटलमा एकै समयमा प्रशारण हुने जानकारी दिइएको हो ।

‘बुहारी’ का निर्माता तथा निर्देशक रामचन्द्र बोहराले ओएसआर डिजिटलका प्रमुख ओमप्रकाश अग्रवाल र हिमालय टिभीका प्रबन्ध निर्देशक श्याम कँडेलसँग अगल अगल कागजमा हस्ताक्षर गरी सम्झौता गरेका हुन । सम्झौताअनुसार सिरियल शुक्रबार राति ९ बजे हिमालय टिभीमा प्रसारण हुनेछ भने सोही समयमा ओएसआरको युट्युव च्यानलमा प्रशारण हुने छ । ओएसआर र हिमालय टिभीले एक बर्षका लागि सम्झौता गरेका हुन ।

‘बुहारी’ को १७३ सम्मका एपिसोड ‘बुहारी अफिसियल’ युट्युव च्यानलमा रिलिज भएका थिए भने अब १७४ औंपछिका एपिसोड हिमालय टिभी र ओएसआरमा आउनेछ । सिरियललाइ पवन भुजेलले छायांकन एवं सम्पादन गर्दै आएका छन्। चलेको सिरियललाई टिभीमा देखाउने सोचका कारण ‘बुहारी’ लिइएको हिमालय टिभीका प्रबन्ध निर्देशक कँडेलले बताए ।

ओएसआर प्रमुख अग्रवालले दर्शकको रुचि अनुसारका गुणस्तरिय कन्टेन्टमा अफ्नो कम्पनीले लगानी गरिरहेको जनाउदै त्यसमा अब ‘बुहारी’ पनि थपीएको बताए । नेपाली फिल्म तथा गीत संगीतको डिजिटल राइट खरिद्ने देशकै सबैभन्दा ठूलो कम्पनीका रुपमा समेत परिचित ओएसआरमा हाल दर्शकले सर्वाधिक मन पराएका ‘जुठे’,‘सीता’ लगायतका चर्चित सिरियल प्रशारण भइरहेका छन् । कार्यक्रममा राजु मास्टर,बल्छी ध्रुवे (मरिचमान श्रेष्ठ) लगायतका चर्चित हाँस्य कलाकारको उपस्थिति रहेको थियो । ‘बुहारी’ मा रामचन्द्र बोहरा,अनिता बैजु,लक्ष्मण बिक्रम बस्नेत,देशभक्त खनाल,लक्ष्मी गिरीलगायतका कलाकारले अभिनय गरेका छन् ।

सम्बन्धित समाचारसबै