काठमाडौं।
निर्माता,निर्देशक सन्तोष सेनले आफ्नो मेगा प्रोजेक्ट ‘बलिदान’ का लागि केही कलाकार अडिसनबाट छनौट गर्ने भएका छन् । उनले इच्छुक र योग्य प्रतिभाले खुल्ला प्रतिस्पर्धाका लागि आव्हान गरेका छन् । अडिसनका लागि सम्पर्क गर्न आह्वान गरेका छन् । फिल्मका लागि यसअघि नै अभिनेता बिराट भट्टका छोरा समीर भट्ट डेब्यु हिरोको रुपमा अनुबन्धित भइसकेका छन् भने उनको साथमा सौगात मल्ल,ऋचा शर्मा पनि अनुबन्धित भइसकेका छन् ।
फिल्मका लागि एक प्रमुख नारी र एक पुरुष कलाकार आवश्यक परेकोले अडिसन आव्हान गरिएको उनी बताउछन् । २१ देखि ३२ वर्ष उमेर समूहकी मधेसी संस्कृति र सौन्दर्य झल्काउन सक्ने लुक्स भएकी,साहस र कुटिलता झल्किने हाउभाउ र चालढाल भएकी तथा एक्सन गर्न सक्ने नारी प्रतिभा र २८ देखि ५५ वर्ष उमेर समूहको सोही योग्यतायुक्त पुरुष कलाकार खोजीएको छ ।
‘बलिदान’ का लागि मोटरसाइकल हाँक्न सक्ने,मार्सल आर्टको सिप भएकी नारी कलाकार आबश्यक भएको बताइएको छ । यसका साथै नारी,पुरुष दुवै मैथली भाषा उच्चारण गर्न सक्ने हुनुपर्ने प्राबधान समेत राखिएको छ । तराइ क्षेत्रको कथामा निर्माण गर्न लागीएको फिल्मका लागि पूर्वी नेपालका इटहरी, विराटनगर र जनकपुर क्षेत्रका कलाकारलाई प्राथमिकतामा राखिएको छ । हाल इटहरीमा सेट निर्माण भइरहेको फिल्मको ६० प्रतिशत दृश्य सेटमा खिचिने तयारी गरिएको छ । छ। आसुसेन फिल्मस्को ब्यानरमा सन्तोष सेनको प्रस्तुति रहने फिल्मको निर्मातामा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी छन्। फिल्म दशैमा प्रदर्शन गर्ने घोषणा भइसकेको छ ।