‘आँखा’ को फस्र्टलुक यस्तो, १४ असार हुदैछ रिलिज

0 Shares

काठमाडौं ।
सामाजीक प्रेमकथानक फिल्म ‘आँखा’ को फस्र्टलुकसँगै प्रदर्शन मिति सार्वजनीक गरिएको छ । जोन योञ्जनको लेखन,निर्देशनमा बनेको फिल्म १४ असारमा देशब्यापी प्रदर्शनमा आउने छ ।
शुक्रबार सार्वजनीक गरिएको दुई डिजाइनका पोस्टर मध्ये एउटामा सूर्यमुखी फूल र कागलाई बिम्वात्मक रुपमा प्रस्तुत गरिएको छ भने अर्काे पोस्टरमा फिल्मका प्रमुख सबै कलाकार समेटिएको छ ।

लामा सिनेमाजले ढाका टोपी फिल्मस्,कार्यक्रम नेपाल,साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टसँगको सहकार्यमा निर्माण गरेको फिल्ममा स्मिता लामिछाने,प्रविण खतिवडा,आरके मेहता,निशा अधिकारी,बुद्धि तामाङ,रबिन्द्र झा,बिजय बराल,पशुपति राई,सरोज खनाल,लुनीभा तुलाधरलगायतका कलाकारले अभिनय गरेका छन् । स्मिता लामिछाने निर्माता रहेको फिल्मलाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।

सम्बन्धित समाचारसबै