४४ दिनमा ऋषिराजको ‘द्रौपदी’ प्याकअप

0 Shares

 काठमाडौं ।
नारी प्रदान चलचित्र ‘द्रौपदी’ को सुटिङ ४४ दिनमा समापन भएको छ । ऋषिराज आचार्यको लेखन,निर्माण र निर्देशनमा डोल्पाको दुनइ,कालिका मन्दिरमा शुभमुर्हत गरि सुटिङ सुरु गरिएको फिल्मको शुक्रबार फोक्सुण्डो तालमा ‘इन्ड क्ल्याप’ गरिएको हो । अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरि निर्माण गरिएको फिल्ममा अडिसनबाट छनौट गरिएका नव कलाकारहरु प्रमुख भूमिकामा छन् ।

करिच चार बर्ष लगाएर स्क्रिप्ट लेखिएको बताइने फिल्ममा आश्विनी शाही,रबि ओड,कबिराज भाम,जेल्सन अधिकारी,सुजाता तिमल्सिना,बिष्णु (सुवास) ठडराई , प्रकाश ज्ञवाली ,सीता बौडेल,सुरज अधिकारी लगायतको अभिनय छ । मोहनकुमार झिल्लुको छायांकन,रबि ओडको संगीत,बिजय आचार्यको कला निर्देशन रहेको चलचित्रको निर्मातामा निर्देशक आचार्य स्वयम्,बिष्णु ठडराई र प्रकाश ज्ञवाली छन् । खेमराज भण्डारी र ऋतु आचार्य सहनिर्माता रहेको चलचित्रलाई अनिल महर्जनले सम्पादन गर्नेछन् । केन्द्रिय चलचित्र जाँचपास समितिका सदस्य  समेत रहेका निर्देशक आचार्यले निकै सशक्त मौलिक बिषयबस्तुमा ‘द्रौपदी’ निर्माण गरेको जानकारी दिएका छन् ।

सम्बन्धित समाचारसबै