बिदेशमा हुदैछ छैठौं सगरमाथा म्युजिक अवार्ड

0 Shares

काठमाडौं ।
सगरमाथा म्युजिक अवार्ड–०८१ को छैठौ संस्करणको आवेदन खुला गरिएको छ । आयोजक अर्थ नेपाल प्रालिद्वारा जारी विज्ञप्तीमा यसपालीको अवार्ड विदेशमा आयोजना गरिने उल्लेख गरिएको छ । अवार्ड कुन देशमा,कहिले गरिने छ,त्यो भने केही समयपछि खुलाइने जनाइएको छ ।

‘‘नेपाली कला र श्रष्टाको सम्मान,नेपाली संस्कृति संरक्षण र प्रवद्र्धनमा हाम्रो अभियान’ भन्ने नाराका साथ आयोजना हुदै आएको अवार्डका लागि ०८० बैशाखदेखि चैत्र मसान्तसम्म सार्वजनीक भएका नेपाली गीतसंगीतले प्रतिस्पर्धा गर्न पाउने छन् । यसअघि राजधानीमै भब्यताका साथ पाँचौ संस्करण सम्पन्न गरेको सगरमाथा म्युजीक अवार्ड प्रतिष्ठित अवार्ड मध्येमा पर्ने गरेको छ ।

अवार्डका लागि राष्ट्रिय,चलचित्र,आधुनिक,लोक दोहोरी र पप विधामा देशभरका कलाकर्मी सहभागी हुन सक्ने छन् । अवार्डमा नेपाली गीतसंगीत क्षेत्रमा योगदान पुर्याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ ।

अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई बिगतका संस्करणमा झै यसपाली पनि सम्मान गरिने आयोजक संस्थाका प्रमुख मनोज थापाले जनाएका छन् । त्यसैगरी, एक जना अग्रज रंग पत्रकारलाई नगद राशी सहित रजत पत्रकारिता सम्मान गरिने छ । अवार्डको आवेदन फारम सगरमाथा म्युजिक अवार्डको अफिसियल वेवसाइटबाट भर्न सकिने ब्यबस्था मिलाइएको छ । कार्यक्रम आयोजक समितिमा कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत,कार्यक्रम संयोजक मनोज थापा,सनम कठायत,उषा सुवेदी,मुकुन्द बस्नेत र कुशल खत्री छन् ।

 

सम्बन्धित समाचारसबै