‘बोक्सीको घर’ लाई प्रिमियरमा सुखद प्रतिक्रिया

0 Shares

काठमाडौं ।
अभिनेत्री केकी अधिकारीले निर्माण गरेको महिला हिंसा,बालबिबाह तथा बोक्सीजस्तो कुप्रथाको बिषयको फिल्म ‘बोक्सीको घर’ को बुधबार सुन्धारास्थित सिभिल मलमा प्रिमियर गरियो । यही शुक्रबार अर्थात् १४ बैशाखबाट देशब्यापी प्रदर्शनमा आउन लागेको फिल्मले प्रिमियरमा सुखद प्रतिक्रिया पाएको छ ।

फिल्म स्टार,संचारकर्मी लगायत कर्पाेरेट बिज्नेशका चर्चित ब्यक्तित्वहरुको उपस्थिति रहेको प्रिमीयरबाट केकीले निकै तारिफ पाएकी छिन् । फिल्ममा उनले निर्वाह गरेको भूमिका,अभिनय र प्रस्तुतिको खुलेरै प्रसंसा भएको छ । ५० को दशकको सेरोफेरोबाट सुरु भइ अहिलेको वर्तमान समयसम्मको टाइम पिरियडमा निर्माण गरिएको फिल्मकाले लेखन तथा निर्देशक सुलक्षण भारतीले गरेका हुन् ।

नाट्यकर्ममा अब्बल प्रमाणित भइसकेका सुलक्षणको यो डेब्यु निर्देशन हो । डेब्युमै अलि फरक बिषय र प्रस्तुति पस्किएका उनले सुनौलो सम्भावना देखाएका छन् । फिल्ममा केकीसँगै बालकलाकार सुपला सापकोटाको अभिनयले पनि तारिफ पाएको छ ।

उही,उस्तै कलाकार, उस्तै जनरा र प्रस्तुतिका फिल्म निर्माण,प्रदर्शन भइरहेको वर्तमान सन्दर्भमा ‘बोक्सीको घर’ ले नेपाली समाजमा बिद्यमान रहेको बोक्सी कुप्रथाको बिरुद्धमा संगठीत हुन जरुरी भएको सन्देश दिएको छ । आफना गल्ती,कम्जोरीहरुलाई लुकाउन लागि अवला नारीलाई बोक्सी भनेर मनोगत आरोप लगाइ निस्तेज पार्ने पुरुष दमीत समाजमा निरिह नारीलाई नारीले नै साथ नदिने गरेको कटु यर्थाथलाई फिल्ममा प्रस्तुत गरिएको छ ।
देशब्यापी रुपमा एकल प्रदर्शनमा उत्रन लागेको फिल्ममा केकी र सुपलाका साथमा निर्देशक भारती स्वयम्,रमा थपलीया,लोकमणि सापकोटालगायतका कलाकारले अभिनय गरेका छन् ।

 

सम्बन्धित समाचारसबै