लम्जुङमा धमाधम ‘भाइरल गोर्खे’ को सुटिङ

0 Shares

काठमाडौं ।
कमेडी जनराको फिल्म ‘भाइरल गोर्खे’ को सुटिङ सुरु भएको छ । मंगलबार लम्जुङको भुजुङ गाउँमा क्यामेरा पूजाआजा गरि सुटिङ थालीएको निर्देशक निगम श्रेष्ठले बताएका छन् । सौगात मल्ल,सष्टि श्रेष्ठ,लक्ष्मी गिरी, बुद्धि तामाङलगायतका कलाकारले अभिनय गर्दैछन् ।

अधिंकाश दृश्य लम्जुङमा खिचिने फिल्मको निर्माता महेश लामीछाने र बिशाल ताम्राकार छन् । फिल्मका केही दृश्य गोरखा र चितवनमा खिचिने बताइएको छ । सामाजीक संजालले समाजमा परिरहेको नकारात्मकका साथै सकारात्मक प्रभावलाई समेत फिल्ममा प्रस्तुत गरिने जानकारी निर्देशक निगमले दिएका छन् । ‘भाइरल गोर्खे’ को सुटिङ सेड्युल करिब एक महिनाको राखीएको छ ।

सम्बन्धित समाचारसबै