0
Shares
काठमाडौं ।
नयाँ फिल्म ‘एक्टर’ को मंगलबार बिहान ललीतपुरको खोकानास्थित कार्यबिनायक मन्दिरमा बैद्धिक हिन्दू बिधानअनुसार हवन तथा पूजाआज गर्दै शुभ मुर्हत गरिएको छ । शुभ मुर्हत पूजामा अभिनेता प्रदिप खड्का साथ डेब्यु हिरोइन दिब्या रायमाझी र आना शर्मा,सुशील सिटौलालगायत निर्माता,निर्देशक उपस्थित थिए ।
अभिनेता दीलिप रायमाझीकी एकल पुत्री दिब्याले यही फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेकी हुन् । थमनकुमार भण्डारीले निर्माण गर्ने फिल्मको निर्देशन राजन भुसालले गर्दैछन् । मुर्हत कार्यक्रममा ‘एक्टर’ को बैशाख अन्तिमबाट सुटिङ सुरु गरिने जानकारी दिइएको छ । तिहारको अवसर पारेर कार्तिक १५ गते प्रदर्शन मिति तोकिएको फिल्म नरेन्द्र मैनालीले खिच्ने छन् भने एनिस भुसाल र सार्थक केसी सहनिर्माता छन् ।