काठमाडौं ।
बरिष्ट फिल्म निर्देशक उज्वल घिमीरेले अमेरिकाको क्यालिफोर्नीया स्थित फ्रन्ट रेन्ज कलेजबाट स्क्रिप्ट राइटिङ एण्ड एनलाइजिङमा डिप्लोमा कोर्ष पूरा गरेका छन् । करिब चार दशकयता चलचित्र अभिनय,निर्माण र निर्देशनमा सक्रिय उनले अब आफू ‘स्क्रिप्ट डक्टरिङ’ गर्न परिपक्कसँग तयार भएको बताएका छन् ।
‘मलाई पहिलादेखिनै स्क्रिप्ट राइटिङ तथा एनलाइजिङमा निकै रुचि थियो । तर औपचारिक रुपमा क्लास लिन पाएको थिइनँ । यसपाली भने कोर्ष पूरा गरें,’ पछिल्लो केही बर्षदेखि अमेरिका बस्दै आएका उनले अब भने केही समय स्वदेशमै रहने बताए । ‘अब केही समय काठमाडौंमै हुन्छ । कसैले आबश्यकता महसुस गर्छ भने म सुलभ पारिश्रमीकमा ‘स्क्रिप्ट डक्टरिङ’ गर्न तयार छु ।’ कुनै पनि बिषयमा गहन अध्ययन नगरि अनुमानको भरमा काम गर्ने आफ्नो बानी नभएकाले औपचारिक रुपमै कोर्ष गरेको उनी बताउँछन ।
‘गोठालो’,‘जिन्दगानी’,‘बिश्वास’,‘शुभकामना’,‘किस्मत’,‘अन्दाज’, ‘वडा नम्बर ६’,र `लभ स्टेशन’ फिल्मका निर्देशक घिमीरे अब्बल दर्जाका फिल्ममेकरमा पर्छन । तत्कालै फिल्म निर्माण गर्ने सोच नभएको तथा नेपाली फिल्मको मुख्य समस्या स्क्रिप्टमै रहेकाले आफू केही समय यसमै लाग्ने उनले बताए । बधाइ अनि शुभकामना ‘न्यु स्क्रिप्ट डाक्टर सा’ब !’
’