
काठमाडौं ।
पछिल्लो समय सौन्दर्य प्रतियोगीतामा ग्ल्यामरबाहेकका क्षेत्रका प्रतिभाको समेत झुकाव बढ्दै गएको देखिन्छ । यसमै पर्छिन्, डा. आयुष्नोभा ढुंगाना । डा. आयोष्नोभा ‘मिष्टर एण्ड मिस नेशनल’ मा सहभागी भएकी छिन् । चिकित्सा पेशा र मोडलिङलाई एकसाथ अघि बढाइरहेकी उनले बंगलादेशबाट एमबीबीएस गरेकी हुन् ।
उनले संयुक्त राज्य अमेरिकाको हावर्ड मेडिकल स्कूलबाट जेनेरल साइक्याटीक म्यानेजमेन्ट, साइको इजुकेशन, बाइप्लोर डिसअडर, डिप्रेसन पोष्ट ग्रेजुएशन क्रेडिट पाठ्यक्रममा सतप्रतिशत क्रेडिट पाएकी थिइन् । हाल उनी हावर्डमा अटिजम पोस्ट ग्रेजुएशन क्रेडिट कोर्स गर्दैछन् । कलाकारितातर्फ उनले मोडलिङ, कान्छो अंग्रेजी अनुवादक लगायतबाट समेत बिभिन्न अवार्डहरु प्राप्त गरेकी छन् । ‘मिष्टर एण्ड मिस नेशनल’ तर्फ उनी मिस नेशनलको प्रतियोगी हुन् । पोल्याण्डमा आयोजना हुने ‘मिस सुप्रा नेसनल’मा देशको प्रतिनिधित्व गर्ने उद्धेश्यले आफू यो प्रतियोगीतामा सहभागी भएको बताउँछिन् । प्रतियोगीताको अन्तिम २४ भित्र छानिन सफल उनी सबैभन्दा प्रभावशाली प्रतियोगीका रुपमा देखिएकी छिन् ।
त्यसैले उनलाई उपाधिको दावेदार समेत मानिएको छ । डा. आयोष्नोभा अभिनीत ‘त्यही सच्चा नेपाली’ बोलको राष्ट्रिय भावको गीत केही समय अघि सार्वजनिक भएको थियो । गीतमा उनीसँगै दुई दर्जन बढी कलाकारहरुले अभिनय गरेका थिए । ‘मिष्टर एण्ड मिस नेशनल’ को फाइनल मे १ मा हुदैछ ।