काठमाडौं ।
तेश्रो नेपाल ग्रामिण चलचित्र महोत्सव–०८० मा लक्ष्मण सुवेदीको ‘सतीदेवी’ सर्वोत्कृष्ट फिल्म घोषित भएको छ । बरिष्ट निर्देशक तथा चलचित्र बिकास बोर्डका पूर्व अध्यक्ष दयाराम दाहालसहितको जुरी कमिटीले महोत्सवको प्रतिस्पर्धामा रहेका फिल्म मध्येबाट ‘सतीदेवी’ लाई सर्वोत्कृष्ट ठहर्याएन मात्र,यो फिल्मबाट निर्देशक सुवेदीले सर्वोत्कृष्ट स्क्रिप्ट राइटर र यही फिल्मकी शीर्ष अभिनेत्री मलिका महतले सर्वात्कृष्ट अभिनेत्री जुरी मेन्सन अवार्ड जित्न सफल भएन् ।
रामेछाप जिल्लाको रामेछाप नगरपालीका वडा नं– ८ स्थित गौरीशंकर माध्यमीक बिद्यालयमा ६–८ बैशाखमा आयोजना गरिएको महोत्सवमा ‘सतीदेवी’ हरेका शतप्रतिशत दर्शक रुदै निस्किएका थिए । उनीहरुले ‘सतीदेवी’ अहिलेसम्म हेरेका मध्येकै उत्कृष्ट फिल्म लागेको प्रतिक्रिया दिदै यस्तै बिषयबस्तुमा फिल्म बनाउन चलचित्रकर्मीहरुलाई सुझाव दिएका थिए । ‘सतीदेवी’ ले यसअघि गत माघ तेश्रो साता सौराहामा सम्पन्न सौराह दक्षिण एशियाली फिल्म फेष्टिभलमा सर्वाेत्कृष्ट फिल्म र शिब रेग्मी सर्वाेत्कृष्ट निर्देशक (लक्ष्मण सुवेदी) अवार्ड जितेको थियो ।
महोत्सवमा सर्वोत्कृष्ट निर्देशकको अवार्ड ‘दिमाग खराब’ बाट निश्चल बस्नेतले जिते भने यही फिल्मबाट स्वस्तिमा खड्काले सर्वोत्कृष्ट अभिनेत्री र राजेन्द्र मोक्तानले उत्कृष्ट कलरिष्टको अवार्ड पाए । यो फिल्मको निर्माण कम्पनी सिनेमा आर्टस् उत्कृष्ट ब्यानर घोषित भयो । दयाहाङ राईले ‘नाङ्गो गाउँ’ फिल्मबाट उत्कृष्ट अभिनेताको अवार्ड जिते भने यही फिल्मबाट बनिश शाहले उत्कृष्ट सम्पादनको अवार्ड हासिल गरे । त्यसैगरी,उत्कृष्ट छायाँकारको अवार्ड ‘बिच्छेद’ फिल्मका लागि संकल भुजेलले पाए भने यो फिल्मले जुरी मेन्सन अवार्ड समेत जित्यो ।
यसैगरी सर्ट फिल्म तर्फ परिच्छेद सेनको ‘मदर’ उत्कृष्ट हुँदा उत्कृष्ट कल्चरल फिल्ममा बुद्दिया एस मगर निर्देशित मगर भाषाको ‘माराङ’ ले बाजी मर्यो। उत्कृष्ट डकुमेन्ट्री फिल्मको अवार्ड अनिल बुढा मगर निर्देशीत द आइरन डिजरले’ ले जित्यो भने ‘अन्तै माया’ ले उत्कृष्ट म्युजीक सर्ट फिल्म र ‘रित्तो गाउँ’ ले जुरी मेन्सन अवार्ड जित्न सफल भयो ।
कार्यक्रममा अभिनेता मुकुल भूषाल,महोत्सवका कार्यक्रम संयोजक एवं फिल्म निर्देशक कमल एक्चै मगर,रामेछाप नगरपालिका ८ का वडाअध्यक्ष सन्तोषकुमार तामाङ लगायतले मन्तव्य राखेका थिए । सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न चलचित्रका निर्देशक,निर्माता तथा कलाकारहरुको उपस्तिथिरहेको थियो । महोत्सवमा सिनेमा प्रदर्शनका अलावा बिभिन्न विषयमा सिनेमा,पर्यटन र कलाकारिताको बिषयमा अन्तरक्रियात्मक कार्यक्रम गरिएको थियो । चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामीले सहजीकरण गरेको सो अन्तरक्रियमा रामेछाप नगरपालीकाकी उपमेयर बालकुमारी कार्की, बरिष्ट निर्देशक तथा चलचित्र बिकास बोर्डका पूर्वअध्यक्ष दयाराम दाहाल, हाइलाइट्स नेपालका म्यानेजर जनक तामाङलगायतका ब्यक्तित्वहरु सहभागी थिए ।
सेलिब्रेटी नेपालको आयोजनामा सम्पन्न महोत्सवमा ‘सतीदेवी’,‘नाङ्गो गाउँ’,‘दिमाग खराब’,‘बिच्छेद’ ‘डेसान’ (अप्रतियोगी) फिचर फिल्म तथा बिभिन्न डकुमेन्ट्री अनि सर्ट फिल्म प्रदर्शन गरिएको थियो । महोत्सवको उद्घाटन कार्यक्रममा रामेछाप नगरपालिकाकीृ उप–मेयर बालकुमारी कार्की थापा प्रमुख अथिति थिइन् भने समापन कार्यक्रममा मेयर लबश्री न्यौपाने प्रमुख अथिति थिए । उप–मेयर कार्की र मेयर न्यौपाने,दुवैले चलचित्र कला,संस्कृति तथा पर्यटनसँग जोडर द्रुततर बिकासमा लाग्नु पर्ने धारणा राखे । उनीहरुले आफूहरु मौलिक नेपाली चलचित्रको बिकास,बिस्तारमा यथासक्य सहयोग गर्न तयार रहेको बताए ।
उपमेयर कार्कीले आफूहरु रामेछापमा दुई वटा फिल्म हल खोल्ने योजनामा साथ दिन तयार रहेको बताउदै स्थानीय प्रतिभा,कला,संस्कृति र पर्यटनको बिकासमा चलचित्र माध्यमले भरपुर टेवा दिने बिचार ब्यक्त गरिन् । महोत्सवको हरेक संस्करणले नयाँ उर्जा र नेपाली चलचित्र कलाको क्षेत्रमा नौलो आयाम थप्दै लगेको महसुस आफूहरुले गरेको आयोजक सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले बताए । उनले चौथो संस्करण अझ भब्यताका साथ नेपालको कुनै अर्काे गाउँमा आयोजना गरिने जानकारी दिए ।
उल्लेख्य स्थानीय तथा प्रतिनिधिहरुको उपस्थिति रहेको महोत्सवका लागि काठमाडौबाट केही चलचित्रकर्मीहरु रामेछाप पुगेका थिए । ग्रामिण परिबेशका कथामा निर्माण भएका चलचित्रलाई समेटेर ग्रामीण भेगमा नेपाली चलचित्रको प्रबद्र्धन गर्ने उद्धेश्यले पहिलोपटक गोरखाको लाप्राकमा आयोजना गरिएको यो महोत्सवको दोश्रो संस्करण काभ्रेको भकुन्डेबेसीमा सम्पन्न गरिएको थियो ।
महोत्सवमा अवार्ड बिजेता चलचित्र :
सर्वाेत्कृष्ट फिचर फिल्म– ‘सतीदेवी’
सर्वाेत्कृष्ट फिचर स्क्रिप्ट– ‘सतीदेवी’ (लक्ष्मण सुवेदी)
सर्वाेत्कृष्ट अभिनेत्री जुरी मेन्सन अवार्ड– मलिका महत ‘सतीदेवी’
सर्वाेत्कृष्ट निर्देशक– निश्चल बस्नेत (दिमाग खराब)
सर्वाेत्कृष्ट अभिनेता–दयाहाङ राई (नाङ्गो गाउँ)
सर्वाेत्कृष्ट अभिनेत्री –स्वस्तिमा खड्का (दिमाग खराब)
बेस्ट कलरिस्ट– राजेन्द्र मोक्तान (दिमाग खराब)
बेस्ट प्रोडक्सन कम्पनी– सिनेमा आर्ट्स नेपाल
बेस्ट एडिटर –बनिश शाह (नाङो गाउँ)
जुरी मेन्सन अवार्ड–‘विच्छेद’
बेस्ट सिनेम्याटोग्राफर– संकल भुजेल (बिच्छेद)
बेस्ट म्युजिकल सर्ट फिल्म –‘अन्तै माया’ (रणधीर श्रेष्ठ)
बेस्ट सर्ट फिल्म जुरी मेन्सन अवार्ड – ‘रित्तो गाउँ’ (रामजी ज्ञवाली)
बेस्ट सर्ट फिल्म–‘मदर’ (परिच्छेद सेन)
बेस्ट डकुमेन्ट्री–‘द आइरन डिगर’ (अनिल बुढा मगर)
बेस्ट कल्चरल फिल्म–‘माराङ’ मगर भाषा (बुद्दिया एस मगर)