राजधानीमा तेश्रो नेपाल ग्रामिण फिल्म फेष्टिभलको प्रि-इभेन्ट,रामेछापमा हुदैछ महोत्सब

0 Shares

काठमाडौं ।

तेश्रो नेपाल ग्रामिण चलचित्र महोत्सब-०८० मा प्रतिस्पर्धाका लागि चयन भएका सर्ट फिल्म,बृत्तचित्र तथा फिचर फिल्मका स्रस्टाहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

राजधानीमा सोमबार आयोजीत प्री-इभेन्टमा चलचित्रकर्मीहरुलाई कार्यक्रमका प्रमुख अतिथि उद्योग,बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी,विशेष अतिथि चलचित्र बिकास बोर्डका पूर्वअध्यक्ष,वरिष्ठ निर्देशक दयाराम दाहाल,केपी पाठक,आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटालगायतले प्रमाण पत्र प्रदान गरेका थिए ।

`आफ्नो गाउँ,आफ्नै ठाँउ,आफ्नै भाषा,आफ्नै चलचित्र´भन्ने नाराका साथ सेलीब्रेटी नेपालको आयोजनामा बैशाख ६-८ गते सम्म रामेछापमा आयोजना हुने महोत्सबमा करिब दुई दर्जन फिचर,सर्ट फिल्म तथा बृत्तचित्रको प्रतिष्पर्धामक प्रदर्शन हुनेछ ।
कार्यक्रममा प्रमुख अतिथि मन्त्री भण्डारीले फिल्म क्षेत्रलाई आफ्नो मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै संस्थागत रुपले छलफलमा आउन चलचित्रकर्मीलाई अनुरोध गरे । उनले कल,संस्कृति,कलाकार देशका गहना भएकाले सरकारले यो क्षेत्रलाई उद्योगको रुपमा विस्तार गर्ने लक्ष्य लिएको बताए ।

महोत्सवमा मौलिक ग्रामिण कथाबस्तुमा आधारित चलचित्रहरु समादेश गरिएको आयोजक संस्थाका अध्यक्ष सापकोटाले जानकारी दिए । नेपाल ग्रामिण चलचित्र महोत्सव विगत ३ वर्ष देखि नेपालको सिनेमा घर नभएको जिल्लाहरुमा गाउँले परिबेशमा निर्माण गरिएका सर्ट फिल्म, डकुमेन्ट्री र फिचर फिल्मलाई सहभागी गराएर गाउँ गाउँका दर्शकहरु समक्ष अत्याधुनिक प्रविधिमा स्क्रिनिङ्ग गर्ने र उत्कृष्ट फिल्मलाई अवार्ड समेत प्रदान गरिदै आएको उनले बताए ।

फिल्म स्क्रिनिङ्गसंगै ग्रामीण परिवेशलाई समेटेर कस्ता फिल्म बनाउने र कस्ता फिल्मले दर्शकको साथ पाउनेछ भन्ने बिबिध बिषयमा अन्तरक्रिया, कार्यशाला गोष्ठी तथा पर्यटन प्रबर्धनका साथै नेपाली चलचित्रलाई ग्रामिण बजारमा पुर्याउन पहलकदमी गरिने उल्लेख गरे। महोत्सबले नेपाली मौलिक भाषा,कला संस्कृति  तथा सामाजीक सदभावको बढोत्तरीमा बिशेष भूमिका निर्वाह गर्ने बिश्वास लिइएको उनले बताए ।

पहिलो वर्ष गोरखाको लाप्राकमा भव्यताका साथ कार्यक्रम सम्पन्न भएको महोत्सब दोस्रो पटक काभ्रे जिल्लाको भकुण्डेबेसीमा आयोजना गरिएको थियो । यो बर्ष भने रामेछाप नगरपालिका वडा नं. ८ स्थित गौरिशंकर उच्च माविमा कार्यक्रम गरिने सापकोटाले बताए । महोत्सवका संयोजक कमल एक्चै मगर रहेका छन् । उनले आफ्नै गृह जिल्ला रामेछापमा महोत्सव हुँदा खुसी लागेको बताए ।
महोत्सवको जुरी कमिटी संयोजक चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष दयाराम दाहाल छन भने सदस्यमा वरिष्ठ पत्रकार,डकुमेन्ट्री मेकर गणेश पाण्डे, फिल्म सम्पादक भरत रेग्मी,फिल्म निर्माता ज्योतिराज राई र पत्रकार कुबेरराज गिरी छ्न ।

छनौट भएका फिल्म:-
फिचर फिल्म
नाङ्गो गाउँ : दिपेन्द्र लामा
दिमाग खराब : निश्चल बस्नेत
बिच्छेद : सत्यराज चौलागाईँ
सतीदेवी : लक्ष्मण सुवेदी

सर्ट फिल्म
द डार्क बेकन : पवन केसी
सिगरेट : डब्बु क्षेत्री
सिपाईको छोरो : सुरज पौडेल
द ग्रेट मुखिया : असिम पौडेल
डिस्पेयर : शिव पुरी
रित्तो गाउँ : रामजी ज्ञावाली
आमा : परिच्छेद सेन
स्यालुट : अनुपराज राई
अन्तै माया : रणधीर श्रेष्ठ

डकुमेन्ट्री फिल्म
आग्रे : अनिल बुढा मगर
स्नो लेपार्ड : प्रदीप पोखरेल
इट्टा भट्टा : सुरेश डी मुखिया
बनकरिया : लक्ष्मी सुवेदी

भाषिक फिल्म

लिलामे माइला : भिम लामा
माराङ : बुद्धिया एस मगर
स्वयनगु : अमृतमान महर्जन

सम्बन्धित समाचारसबै