काठमाडौं ।
नारी प्रदान फिल्म`एक मुठ्ठी बादल´ को सम्पूर्ण सुटिङ २२ दिनमा सकिएको छ । साहारा शर्माको निर्देशनमा बनेको फिल्म पोखराको लामाटार आसपास खिचिएको हो ।
निर्देशकदेखि,प्रोड्क्सन, क्यामेराम्यान तथा प्रमुख पात्रसमेत महिला रहेको फिल्म डक्सकुल र प्लान इन्टरनेशनल नेपालले सन् २०२१ मा गरेको एक अनुसन्धानको रिपोर्टबाट प्रेरित भइ महिलाजन्य बनाएको छ । रिसर्चमा नेपाली चलचित्र निर्माणमा १० प्रतिशत भन्दा कम महिलाले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको देखाएको थियो । सोही तथ्यांकलाई मध्यनजर गर्दै `एक मुठ्ठी बादल´ निर्माण टिमले प्रमुख विधाहरू महिलालाई नै जिम्मा दिएको हो । यो अभ्यासले नेपाली फिल्म निर्माणमा लैङ्गिक असमानता र असन्तुलनलाई चुनौती दिन सक्ने आँकलन गरिएको छ ।
भियतनामकी लिन ड्यानले खिचेको फिल्मको प्रडक्सन डिजाइनमा भारतकी यशस्वी सबरवाल, अडियो मिक्सर प्रियंका गायकवाड, र प्रमुख सहायक निर्देशक मर्णा जेम्स छन् । चलचित्रमा कीर्ति जोशीले मेकअप विभागको प्रमुखको जिम्मेवारी निर्वाह गरेकी छिन भने ड्रेस डिपाटमेन्ट कडायतले सम्हालेकी छिन ।
निकुन श्रेष्ठ कार्यकारी निर्माता रहेका फिल्मको निर्मतामा अभिमन्यु दीक्षित,अनुप पौडेल, र सामीप्यराज तिमल्सेना छन । गौथली इन्टरटेन्मेन्ट, मन प्रोडक्सन र अन्डरग्राउन्ड टकिजको प्रस्तुति रहेको फिल्ममा आँचल शर्मा, निशा शर्मा, उषा रजक, अस्मिता गौतम, भीमा मैनाली, शेखर चापागाइँ, मनिष निरौला, गौरव विष्ट, सहयोगराज अधिकारी, अविरलप्रताप अधिकारीको अभिनय छ।
८ मार्च अर्थात नारी दिवस तथा महाशिवरात्रीको अवसर पारेर फिल्मको मुर्हतसँगै सुटिङ सुरु गरिएको फिल्म आगामी बर्ष सार्वजनिक प्रदर्शनमा ल्याइने बताइएको छ ।