वेबसिरिज बनेर आयो चर्चित नाटक `एउटा सपनाको अवसान´

0 Shares

काठमाडौं ।

चर्चित नाटक `एउटा सपनाको अवसान´ अब वेबसिरिजको रुपमा दर्शक माझ आएको छ । ०७९ चैत्र १० देखि वैशाख १३ सम्म मण्डला नाटक घरमा मञ्चन यो नाटकको वेबसिरिज नयाँ बर्ष ०८१ को अवसर पारेर  शनिवार कान्तिपुर सिनेमाज ओटिटी एपमा पृमिएर गरिएको छ ।

नाटकका निर्माता गोविन्द पराजुलीले नयाँ दर्शकको खोजी गर्ने क्रममा ओटिटीमा आउने निर्णय गरेको बताए । उनी भन्छ्न, ‘कलाकारहरुको प्रत्यक्ष उपस्थिति चाहिने भएकाले नाटकलाई फिल्मजस्तो धेरै समय हलमा चलाउन मिल्दैन । यसकारण दर्शकको चाहाना हुँदा हुँदै पनि यो नाटक हामीले एक महिनाभन्दा बढी समय मञ्चन गर्न सकेका थिएनौँ । उसबेला हेर्न छुट्नु भएका नाट्यप्रेमीसँगै संसारभरका दर्शकका लागि सिरिजको माध्यम छानेका हौं ।´

नाट्यकर्मी तथा अभिनेता अनुप बरालले निर्देशन गरेको `एउटा सपनाको अवसान´ ले आर्थिक मन्दीमा फसेको एउटा परिवारको प्रतिनिधि कथा प्रस्तुत गर्दछ । नियमित १ महिना मन्चन हुदा करिब  ६ हजार दर्शकले प्रत्यक्ष हेरेको यो नाटकमा दिया मास्के, दिव्यदेव, मेनुका प्रधान, विकाश जोशी तथा शेखर चापागाईंले अभिनय गरेका छन । नाटकमा न्हयु बर्जाचार्यको संगीत संयोजन, विप्लव प्रतिकको ट्रान्सक्रियसन र गीत रहेको छ । नाटकलाई सिरिजको रुपमा प्रस्तुत गरेर एउटा प्रयोग गरिएको र  नाटकको डिजिटाइजेसनमा यसले प्रेरित गर्ने राय निर्माता पराजुलीको छ ।

सम्बन्धित समाचारसबै