निर्देशक अधिकारी,अभिनेत्री अनु,बबिता र पत्रकार गीतालाई पुरस्कार

0 Shares

काठमाडौं ।

निर्देशक आकाश अधिकारी,अभिनेत्री-मोडल अनु शाह र बबिता ढकाल (रोजा) तथा चलचित्र पत्रकार-गीतकार गीता अधिकारी नगद राशी सहितका बिभिन्न पुरस्कारबाट पुरस्कृत हुने भएका छन् ।
अधिकारीलाई बिशिष्ट चलचित्रकर्मी चेतन कार्कीको स्मृतिमा स्थापीत चेतन कार्की स्मृति पुरस्कार–०८०,अनु,बबिता र गीतालाई स्व.अभिनेत्री-मोडल निशा घिमिरेको स्मृतिमा स्थापना गरिएका क्रमशः निशा स्मृति पुरस्कार,निशा स्मृति प्रतिभा पुरस्कार र निशा स्मृति पत्रकारिता पुरस्कार–०८० प्रदान गरिने निर्णय भएको परिवर्तन नेपालद्वारा शुक्रबार प्रेषित बिज्ञप्तीमा उल्लेख छ ।

बिगत दुई दशकभन्दा बढी समयदेखि नेपाली चलचित्रको संरक्षण तथा श्रीबृद्धिमा बिभिन्न बिधाबाट अनवरत योगदान गरिरहेकाले निर्देशक अधिकारीलाई नगद १५ हजार पुरस्कार राशीसहितको सो पुरस्कार प्रदान गर्न उपयुक्त भएको निर्णय पुरस्कार निर्णायक समितिका सदस्य परिवर्तन नेपालका अध्यक्ष मोहन निरौला,डिजाइनर सुन्दर श्रेष्ठ र बरिष्ट पत्रकार शान्तिप्रियले गरेका हुन । यो पुरस्कार गत बर्ष अभिनेता,निर्देशक देशभक्त खनाललाई प्रदान गरिएको थियो ।
निशा संरक्षण कोषका अध्यक्ष दुर्गानाथ दाहालको अध्यक्षतामा बसेको कोषको बैठकले बिगत दुई दशक यता अनवरत रुपमा मोडलिङ तथा चलचित्र अभिनयमा सक्रिय अनु र बिगत डेढ दशक यता मोडलिङ तथा अभिनयमा सक्रिय बबितालाई २०–२० हजार नगद राशीका निशा स्मृति पुरस्कार र निशा प्रतिभा पुरस्कार तथा बिगत दुई दशक यता अनवरत कला पत्रकारितामा सक्रिय पत्रकार गीतालाई नगद १० हजार राशीको निशा स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको बताइएको छ । पुरस्कार १३ बैशाखमा राजधानीमा एक समारोहका बीच प्रदान गरिने छ ।

बिगत दुई दशकभन्दा बढी समयदेखि नेपाली चलचित्रको संरक्षण,प्रवद्र्धन तथा श्रीबृद्धिमा बिभिन्न बिधाबाट अनवरत योगदान गरिरहेकाले निर्देशक अधिकारीलाई नगद १५ हजार पुरस्कार राशीसहितको सो पुरस्कार प्रदान गर्न उपयुक्त भएको निर्णय पुरस्कार निर्णायक समितिका सदस्य परिवर्तन नेपालका अध्यक्ष मोहन निरौला,डिजाइनर सुन्दर श्रेष्ठ र बरिष्ट पत्रकार शान्तिप्रियले गरेका हुन । यो पुरस्कार गतबर्ष अभिनेता देशभक्त खनाललाई प्रदान गरिएको थियो ।
निशा संरक्षण कोषका अध्यक्ष दुर्गानाथ दाहालको अध्यक्षतामा बसेको कोषको बैठकले बिगत डेढ दशक यता अनवरत रुपमा मोडलिङ तथा चलचित्र अभिनयमा सक्रिय अभिनेत्री अनुलाई नगद २० हजार पुरस्कार राशीको निशा स्मृति पुरस्कार र बिगत दुई दर्शक यता निरन्तर रुपमा कला पत्रकारितामा सक्रिय पत्रकार गीतालाई नगद १० हजार राशीको निशा स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको बताइएको छ । पुरस्कार १३ बैशाखमा राजधानीमा एक समारोहका बीच प्रदान गरिने छ ।

 

सम्बन्धित समाचारसबै