काठमाडौं ।
दिनेश राउत निर्देशीत फिल्म ‘पुजार सार्की’ को नयाँ पोस्टर सार्वजनीक गरिएको छ । १० जेठमा प्रदर्शन हुने फिल्मको नयाँ पोस्टरमा फिल्मका सबै प्रमुख कलाकारलाई समेटिएको छ । संगीतकार सुवास भुसालले निर्माण गरेको फिल्मको केही दिनअघि सार्वजनीक पोस्टरले तारिफ पाइरहेको बेलामा निर्माण युनीटले सबै कलाकारलाई समेटेर नयाँ पोस्टर दर्शकमाझ ल्याएको हो ।
पोस्टरमा आर्यन सिग्देल,प्रदिप खड्का,पल शाह, अञ्जना बराइली र नवअभिनेत्री परिक्षा लिम्बूलाई प्रस्तुत गरिएको छ । पोस्टरबाट नै गा्रमीण भेकको जनजीवन झल्कने फिल्मलाई जातीय भेदभाव र छुवाछुत बिरुद्धको आवाजको रुपमा प्रचार गरिएको छ ।
बिकास सुवेदीले लेखेको फिल्ममा मोहन निरौला,प्रेम सुब्बा,तारा शर्मा, सुभाष गजुरेल,बिद्या कार्की,शंकर आचार्य,लोकेन्द्र लेखक लगायतका कलाकारको समेत अभिनय छ । राजेश श्रेष्ठले खिचेको यही फिल्ममा पहिलोपटक तीन हिरो–आर्यन,प्रदिप र पल एकसाथ देखिन लागेका हुन् ।