३४ दिनमा सकियो ‘बेहुली फ्रम मेघौली’

0 Shares

काठमाडौं ।
‘बेहुली फ्रम मेघौली’ फिल्मको सुटिङ ३४ दिनमा सकिएको छ । अभिनेत्री स्वस्तिमा खड्का निर्मात्रीको रुपमा डेब्यु गरेको यो फिल्मका अधिकांश दृश्य चितवनको मेघौली र आसपासमा खिचिएको छ ।

फिल्म लेखकका रुपमा स्थापीत हुन प्रयत्नरत दुई युवा आकाश बराल र सजन काफ्लेको डेब्यु निर्देशन रहेको ‘बेहुली फ्रम मेघौली’ को कार्यकारी निर्मातामा चर्चित प्रोडक्सन म्यानेजर शंकर पाण्डे र फिरोज खड्का छन् । निर्देशक द्वयकै लेखन रहेको फिल्ममा स्वस्तिमाका साथमा निश्चल बस्नेत,सिम्रन खड्का, बिजय बराल,आमीर गौतमलगायतले अभिनय गरेका छन् । कमेडी जनराको फिल्म ०८१ को दशैमा प्रदर्शन हुने बताइएको छ ।

सम्बन्धित समाचारसबै