‘द रेड सुटकेश’ को प्रिमीयरमा कसले के के भने त ?

0 Shares

काठमाडौं ।
शुक्रबार अर्थात् ३० चैत्रबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘द रेड सुटकेस’ को मंगलबार राजधानीको सिडिसी सिनेमा प्रिमीयर गरियो । गत बर्षको भेनिस फिल्म फेष्टिभलमा वल्र्ड प्रिमियर गरिएको फिल्मले नेपाल प्रिमीयरमा पनि तारिफ पाएको छ ।

फिडेल देवकोटा निर्देशीत फिल्मको प्रिमीयरमा बरिष्ट अभिनेता नीर शाह,एमाले सांसद रघुजी पन्त,शिक्षाबिद केदार माथेमा,पूर्व शिक्षा मन्त्री अशोककुमार राई,कवि विप्लब प्रतिक,लगायतले बनीरहेका फिल्म भन्दा ‘द रेड सुटकेश’ पृथक भएको बताउदै यसप्रकारको चलचित्रलाई ब्याबसायिकताको कसीमा मात्रै नराखेर सबै हलले उचित शो दिनुपर्ने धारणा राखे । ‘नेपाली सिनेमा बिश्व बजारमा प्रतिस्पर्धामा पुगेको छ । यस्तो कलात्मक फिल्मलाई सबैले साथ दिनुपर्छ,’ अभिनेता शाहले प्रतिक्रिया दिए । उनले फिल्म आफूलाई मन परेको बताउदै निर्देशक फिडेल र टिमलाई बधाइ दिए ।


कवि तथा लेखक बुद्धिसागरले यो फिल्ममा आफूले गीत लेखेको जानकारी दिदै फिल्म राम्रो लागेको प्रतिक्रिया दिए भने भबिष्यमा यो टिमबाट अझै उत्कृष्ट फिल्म अपेक्षा राखेको सुनाए । अभिनेता बिपीन कार्कीले यसप्रकारको कलात्मक फिल्म करिअरमा कम मात्रै गर्न पाइने बताउदै सबैले साथ दिनुपर्ने धारणा राखे ।
क्युएफएक्स चेनबाहेकका हलमा प्रदर्शन हुन लागेको फिल्ममा सौगात मल्ल,बिपीन कार्की,प्रविण खतिवडा र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन् । थुप्रै अन्तराष्ट्रिय फेष्टिभलहरुमा पुरस्कृत भएको यो फिल्मका निर्माता रामकृष्ण पोखरेल हुन् । उनले क्युएफएक्स चेनले प्रयाप्त शोज दिन नसक्ने बताएकाले क्युएफएक्सबाहेकका अरु सबै हलमा मात्रै यो फिल्म प्रदर्शन गर्दैछन् । फिल्मको नेपाल बितरक आरआर फिल्मस् हो ।

सम्बन्धित समाचारसबै