`द्रौपदी´ कि अभिनेत्री सुजाता भीरबाट लडेर घाइते,डोल्पामा उपचार हुदै

0 Shares

काठमाडौं ।
द्रौपदी´ फिल्मको सुटिङका क्रममा नवअभिनेत्री सुजाता तिमिल्सिना घाइते भएकी छिन । झन्डै एक महिना अघिदेखि डोल्पा जिल्लाका विभिन्न स्थानमा सुटिङ भैरहेको फिल्मका निर्माता,निर्देशक ऋषिराज आचार्यले निकै अप्ठ्यारो लोकेसनमा सुटिङ गर्दैगर्दा मंगलबार दिउँसो सुजाता भीरबाट लडेर मुख,दाँत तथा हातखुट्टामा गम्भीर चोट लागेको बताए । उनको स्थानीय मुड्केचुला गाउँपलिका स्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

एउटाबाट अर्को पालिका पुग्न करिब ७-८ घन्टा हिड्नुपर्ने बाध्यता छ । ठाडो उकालो स्थानमा छायांकन भैरहेको थियो । एकाएक खुट्टा चिप्लिएर उनी लडिछ्न,´ निर्देशक आचार्यले भने,`अहिलेउनको स्वास्थ्य स्थिती खतरामुक्त छ । गार्हो भएमा काठमाडौ पठाउनु पर्ला ।´कलाकार घाइते भएपछि हिजो सुटिङ अवरुद्द भएको थियो । सुजाता `द्रौपदी´ का लागि अडिसन दिएर चयन भएकी हुन ।

अहिलेसम्म कुनै पनि फिल्म,भिडियोसमेत छायांकन नगरिएको ताजा लोकेसनहरुमा फिल्म सुटिङ गरिएको र अब केही दिनमा सम्पूर्ण छायांकन सकिने बताइएको छ । अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरि निर्माण भैरहेको फिल्ममा आश्वीनी शाही,कबिराज भाम,जेल्सन अधिकारी,सुजाता तिमल्सिना,बिस्णु ठडराई ( सुबास ) , प्रकाश ज्ञवाली,रबि ओड ,सीता बौडेल ,सुरज अधिकारीलगायतले अभिनय गरेका छ्न ।

सम्बन्धित समाचारसबै