दर्लामीले ल्याए द्वन्द्वकालिन पृष्ठभूमिको `मारीखोलाको ढुंगो´

0 Shares

काठमाडौं ।

साहित्यकार जेबी दर्लामीको उपन्यास मारीखोलाको ढुंगो सार्वजनिक भएको छ । हालै राजधानीमा आयोजीत कार्यक्रममा काठमाडौँ विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत ईभा काफ्लेलाई पुस्तक हस्तान्तरण गरि यो उपन्यास लोकार्पण गरिएको हो । यो अबको युग नयाँ पुस्ता अर्थात् सशस्त्र द्वन्द्वकालमा जन्मेहुर्केको पुस्ताहरूको हो भन्ने प्रतीकात्मक संकेत पनि थियो । 

नेपाल संकटकालमा हुँदा जन्मिएकी ईभाले सशस्त्र द्वन्द्वबारे आफू र आफ्नो पुस्ताको बुझाइका साथै मारीखोलाको ढुंगो पढ्दाको आफ्नो अनुभूति विमोचन कार्यक्रममा सुनाएकी थिइन् । आफ्नो उपन्यासबारे नयाँ पुस्ताबाट मन्तव्य सुन्न पाउँदा दर्शकदीर्घामा बसेका लेखक दर्लामी आँसु पुछिरहेका थिए ।

समाजविज्ञानकी विद्यार्थी भए पनि हामीले द्वन्द्वकालबारे कक्षाकोठामा पढ्नै पाएनौँघरघरमा कथा सुनाउने चलन पनि अब छैन,’ पठन अनुभव सुनाउँदै ईभाले भनिन्, ‘चिन्दै नचिनेको देश हामीले कसरी बनाउने हामी कहाँबाट आयौँ अहिले कहाँ छौँ यस्ता प्रश्नको जवाफ मैले यो उपन्यासमा पाएँ ।

आमाबुवाको पढाइको सिलसिलामा बाल्यकाल देशबाहिर बिताएकी र स्वदेश फर्केपछि नेपाली बोल्दा शिक्षालयहरूमा कारबाही भोग्नुपर्ने समयमा हुर्केकी ईभाले विमोचन कार्यक्रममा भनिन्, ‘नेपाली किताब पढ्नै सक्दिनँ जस्तो लाग्थ्योतर मलाई यो उपन्यासको भाषाले बोलायोहात समातेर सँगसँगै डोर्यायोहाम्रो देशको वास्तविक धड्कन सुनायो ।
पुस्तक विमोचनका लागि बुटवलबाट काठमाडौँ आइपुगेका लेखक दर्लामीले कार्यक्रममा आफ्नो बाल्यकाल र लेखन यात्राको अनुभव बाँडे ।घर नजिक स्कुल नभएका कारण र आमालाई छोड्न नसक्ने आफ्नै भावुक स्वभावले गर्दा मैले स्कुल तह पनि पूरा गर्न सकिनँ,’ उनले भने, ‘पढ्ने बेलामा पढ्न नपाएको भोकले हुन सक्छमलाई शब्दसित गहिरो प्रेम छ ।

लेखक दर्लामी साहित्य र गैरसाहित्य दुवै विधामा कलम चलाउँछन् । यसअघि उनका दुई उपन्यास तथा नेपालको राजनीतिमा अर्घाखाँची शोधमूलक पुस्तक प्रकाशित छन् । द्वन्द्वकालमा केही समय प्रत्यक्ष सरिक हुन पुगेका दर्लामीको यो कथावाचनलाई ‘फस्र्ट पर्सन अकाउन्टका रुपमा महसुस गर्न सकिन्छ । १ सय ३४ पृष्ठको मारीखोलाको ढुङ्गो को मूल्य ३ सय ४५ रुपैयाँ छ । 

सम्बन्धित समाचारसबै