ब्युटिसियन ट्यालेन्टको पहिलो अडिसनमा छानीए १३ सुन्दरी

0 Shares

काठमाडौं ।  

‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को छैटौं सिजनको पहिलो अडिसनबाट १३ जना सुन्दरी प्रतिस्पर्धाका लागि चयन भएका छन । रोज ब्युटी एकेडेमी र बिलक्षण कृएसनको संयुक्त आयोजनामा गत शुक्रबार राजधानीमा सम्पन्न अडिसनबाट आगामी स्पर्धाका लागि सृजना श्रेष्ठ, निशा थापा, रितु राना (रिता), रजनी राई, शर्मिला बुढाथोकी, आरती राई, सनम खड्गी, मञ्जु खत्री, अम्बिका तुलाधर, अस्मिता अधिकारी, सम्झना सुवेदी थापा, रिता भट्टराई र मैना श्रेष्ठ छनौट भएका हुन ।
छैटौं सिजनको यस अडिसनको निर्णायकमा कोरियोग्राफर जयन सुब्बा मानन्धर, लायनद्धय नकुल गिरी, सुरेन्द्र गिरी, रोज ब्युटी एकेडेमीकी म्यानेजिङ डिरेक्टर परिषी कारन्जीत, ब्युटिसियन ट्यालेन्ट नेपालकी पहिलो बिजेता सरिता भारती, ब्युटिसियन सकुन्तला अवाले, हालकी ब्युटिसियन ट्यालेन्ट नेपाल मनिषा श्रेष्ठ र सेकेन्ड रनरअप श्वेता श्रेष्ठ मगर थिए ।
२६ बैशाखमा नाचघरमा हुने फाइनल प्रतियोगिताका लागि दोश्रो अडिसन ५ बैशाखमा राखिएको जानकारी आयोजक सोनी कारन्जीतले दिएकी छिन ।


यस प्रतियोगिताले व्युटिसियनलाई पार्लरबाट बाहिर आएर आफ्नो पेशामा नेतृत्व गर्ने क्षमता बढाउनुका साथै सेलिब्रेटी व्युटिसियनको रुपमा उनीहरुलाई स्थापित गर्दै आएको सहआयोजक बिलक्षण कृएअसनका प्रमुख डब्बु क्षत्रीले बताए । उनका अनुसार ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४ का उपाधि बिजेताले यसपटक काठमाडौं बैंकक काठमाडौंको दुईतर्फी हवाई टिकट र विभिन्न उपहार प्राप्त गर्नेछन् । यदि हवाई टिकट नलिएको खण्डमा ५० हजार रुपैयाँ र क्राउन प्राप्त गर्नेछन् । फस्ट रनर अप, सेकेन्ड रनरअपलगायतलाई पनि विभिन्न पुरस्कार प्रदान गरिने छ । बिजेताहरुले म्युजिक भिडियो, टेलिफिल्म तथा सर्ट फिल्ममा मेकअप गर्ने अबसर, मोडलिङ गर्ने अबसर पनि प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागी हुनेहरुले गाउन र टिसर्टका साथै ब्युटिसियन सम्बन्धि दुई साताको विशेष प्रशिक्षण पनि पाउने छन् । प्रशिक्षणमा प्रतियोगीहरुलाई सेल्फ मेकअप, ल्यासेस एक्स्टेन्सन, ब्राईडल मेकअप, रशियन जुरो, विभिन्न जुरो, हाईडा फेसियल, हेयर केयर, स्किन केयर, कस्मेटिक केमिकल, वाटर मार्वल नेलआर्ट, पर्मानेन्ट ल्यासेस लिफ्टिङ, बि.बि. ग्लो फेसियल जस्ता विषयमा प्रशिक्षण दिईने भएको छ । यस्तै दुई साताको पर्सनालिटी डेभलपमेन्ट, बतृत्वकला, क्याटवाट जस्ता ग्रुमिङ प्रशिक्षण गराइने आयोजक संस्थाले जनाएको छ ।

सम्बन्धित समाचारसबै