काठमाडौं । दिनेश राउत निर्देशित फिल्म `पुजार सार्की´ ले प्रदर्शन मिति तोकेको छ । शुक्रवार नयाँ दुई पोस्टर सार्वजनिक सँगै फिल्म जेठ १० गते, बुद्ध जयन्तीको अवसरमा बिहिबार रिलिज हुने पक्का भएको जानकारी दिइएको छ ।
आर्यन सिग्देल,प्रदिप खड्का र पल शाह पहिलोपटक एकसाथ अभिनय गरेको फिल्म जातीय भेदभाव,छुवाछुत र दलित अधिकारकोको बिषयमा निर्माण गरिएको निर्माण पक्षले जनाएको छ । नेपालसंगै बिदेशी बजारमा पनि एक साथ प्रदर्शन हुन लागेको फिल्ममा आर्यन,प्रदिप र पललाई अभिनेत्री द्वय अन्जना बराइली र परीक्षा लिम्बुले साथ दिएका छ्न । संगीतकार सुवास भुसालले निर्माण गरेको फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुरालगायतले अभिनय गरेका छ्न ।
बिकास सुवेदीले लेखेको फिल्म राजेश सिंहले खिचेका हुन । फिल्ममा हिमाल केसी द्वन्द्व निर्देशन छ । आरआर फिल्मसले बितरण गर्ने यो फिल्मसंगै सोही मितिमा अनमोल केसी अभिनीत `फर्की फर्की´ र पूजा शर्माको `दान्भी´रिलिज हुदैछ्न । त्यसकारण यसपाली जेठ १० को मिति निकै पेचिलो देखिएको छ ।