४२ बिधामा निम अवार्ड प्रदान

0 Shares

काठमाडौं । ‘सातौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड’ (निम अवार्ड)-०२४ बिहीबार ललितपुरको होटल स्क्वायरमा ४२ बिधामा अवार्ड बितरण गर्दै सम्पन्न भएको छ । पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) ले आयोजना गरेको समारोहमा रजत संगीत सम्मान-०२४ बाट संगीतकार जुगल डंगोललाई सम्मानित गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा संस्कृतिकर्मी चन्द्रकुमार राई र साहित्यकार हरिसिंह थापा पनि सम्मानित भए ।
५ हजार ५५५ राशीको यो वर्षको संगीत पत्रकारिता पुरस्कार रंग पत्रकार हरि दुलाललाई प्रदान गरियो । संगीतमय बनेको समारोहमा ४२ विधामा विभिन्न अवार्ड प्रदान गरियो । आधुनिक गीततर्फ नव गायकको अवार्ड राजु भट्ट, नव गायक जुरी अवार्ड सन्तबहादुर दराई र नवगायिकाको अवार्ड प्रिजा मिश्रले प्राप्त गरे भने आधुनिक विधातर्फ गायकको अवार्ड यसकुमारले जिते ।

गायिकाको अवार्ड निता आचार्यले, संगीतकारको अवार्ड नरहरी प्रेमीले, गीतकारको अवार्ड टेक तामाङले र आधुनिक महिला गीतकारको अवार्ड सविता पोख्रेलले प्राप्त गरे ।
राष्ट्रिय भाव गीतको अवार्ड कर्मा, गजलतर्फको अवार्ड रुद्रशेखर शर्मा,गजलतर्फ जुरी अवार्ड संगीता राना प्रधान र युगल गायनको अवार्ड मोहन श्रेष्ठ र सहिमा श्रेष्ठले संयुक्त पाए । पप गायनतर्फ डेविड शँकरले, डायस्पोरा अवार्ड चेष्टर लिम्बूले,लोक पपतर्फ गायनको अवार्ड नविन कार्की, गीतकारको अवार्ड अनिल खत्री र संगीतकारको अवार्ड मानस राजले हासिल गरे ।
यस्तै लोकदोहोरी तर्फ सागर लम्साल (बले) र सालुले अवार्ड पाए ।महिला मोडलको जुरी अवार्ड प्रमिता राजघतानी,नव मोडल पुरुषको अवार्ड बसन्त उदास र नवमोडल महिलाको अवार्ड मिशेल घिमिरेले हात पारे। समारोहमा लोक मौलीक गीतको अवार्ड हेमन्त कान्छा रसाईली र उत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड कमल एक्चै मगरले प्राप्त गरे । कार्यक्रममा लोकदोहोरी तर्फ गीत रचनाको अवार्ड सागर बाँस्तोलाले, लयको आवार्ड ऋषि खड्काले, गायकको अवार्ड रामकुमार नेपाली र गायिकाको अवार्ड सञ्जु न्यौपानेले हासिल गरे ।
समारोहमा नव महिला मोडल तर्फ नै पब्लिक च्वाईस अवार्ड पुनम श्रेष्ठले,कोरियोग्रफरको अवार्ड राहुल बराईलीले, म्युजिक एरेन्जरको अवार्ड सुदिप सागरले प्राप्त गरे । सो क्रममा आधुनिक,पप गीततर्फ भिडियो निर्देशकको अवार्ड केशवराज भट्ट,पुरुष मोडलको अवार्ड राज टाईगर, महिला मोडलको अवार्ड अश्विनी शाही र लोकदोहोरी भिडियो निर्देशकको अवार्ड सृजन बरालले हात पारे । प्राविधिक विधातर्फ ध्वनी मिश्रणको अवार्ड नरेन्द्र वियोगी, छायाँकारको अवार्ड मुकेश हुमागाई र म्युजिक भिडियो सम्पादकको अवार्ड अमृत चापागाईले पाए । समावेशी तर्फ डेउडा गीतको अवार्ड शान्ति शाही, मैथली भोजपुरी तर्फ गीतको अवार्ड प्रेमनारायण झा, गायनको अवार्ड वीरेन्द्रकुमार झा,उत्कृष्ट म्युजिक भिडियो अवार्ड मुन्नाकुमार र जुरी अवार्ड बद्री शाहले प्राप्त गरे । यस्तै नेपाल भाषातर्फ गीतकारको अवार्ड नातीकाजी महर्जन,संगीतकारको अवार्ड मनराज नकर्मी, गायनको अवार्ड मोहन शाक्य, नेपाल भाषा म्युजिक भिडियोको अवार्ड दर्शन वीर शाक्यले प्राप्त गरे । कार्यक्रमका अतिथी बागमति प्रदेशका श्रम तथा यातायात मन्त्री लक्ष्मण लम्सालले राज्यले गर्नु पर्ने यस्ता प्रोत्साहनमुलक कार्यक्रम पिम नेपालले आयोजना गरेर प्रसंसनीय कार्य गर्दै आएको बताए ।

आयोजक संस्था पिम नेपालका अध्यक्ष माधवराज खरेलले पिम नेपालले बिगत ७ वर्षदेखि नेपालमा बोलीने विभिन्न भाषाभाषिका गीत र  गीतका भिडियोहरुलाई प्रोत्साहन स्वरुप अवार्ड तथा सम्मान प्रदान गर्दै आईरहेको बताए ।नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले पहिलो सृंखलादेखि नै आफु सल्लाहकारको रुपमा रहँदै आएको र यो समावेशी अवार्डको रुपमा स्थापित भएको बताए । कार्यक्रममा वरिष्ठ चलचित्र पत्रकार शान्तिप्रियले पिम नेपालको यो अवार्डले सर्जकको सम्मान तथा प्रोत्साहन प्रदान गरेको धारणा व्यक्त गरे । कमला जोशी संयोजक रहेको अवार्ड कार्यक्रमको ब्यबस्थापन सनम कठायतले सम्हालेका थिए ।

सम्बन्धित समाचारसबै