काठमाडौं ।
निर्माता,निर्देशक सन्तोष सेन आफ्नो नयाँ फिल्म ‘बलिदान’ लाई लिएर निकै तातिएका छन् । उनले यसपाली ‘बलिदान’ बाट एक्शन स्टार बिराज भट्टका छोरा समीर भट्टलाई हिरोडेब्यु गराउनुका साथै स्थापीत कलाकारहरुलाई धमाधम भित्र्याइ रहेका छन् । सोही क्रममा ‘बलिदान’ को एक प्रमुख भूमिकामा अभिनेत्री ऋचा शर्मा अनुबन्धित भएकी छिन् । ऋचा र निर्माता,निर्देशक सन्तोषबीच लिखित सम्झौता भइसकेको छ ।
०८१ को दशैमा प्रदर्शन गरिने फिल्मको आधिकारिक निर्माण घोषणा टिजर सार्वजनीकबाट गरिएको थियो ।
‘
प्रेम गीत’ का तीन वटै सिरिजमा प्रदिप खड्कालाई मात्र हिरो लिदै आइरहेका सन्तोष यसपाली अलि नौलो तवरले अघि बढेका छन् । ‘चंखे,शंखे पंखे’ र ‘मेरी मामु’ बाहेक उनले प्रेमकथामा मात्रै फिल्म बनाए । यसपाली भने उनी जनतालाई प्रत्यक्ष असर गर्ने राजनीतिक बिषयलाई उठान गर्दैछन् ।
परिवर्तनको नाममा आन्दोलन भन्दै जनताको बलि चढाएर राज गर्ने शक्तिका बिरुद्ध सचेत युवाले कतिसम्म बलिदानी गर्न सक्छ भन्ने प्रसंगलाई प्रस्तुत गरिने बताइने फिल्ममाको सह निर्माता प्रेम पुरी छन् । थ्रिलर एक्शन जनरामा निर्माण हुने फिल्मका अन्य कलाकार तथा प्राबिधिक कार्य चयनको क्रममा रहेको बताइन्छ । फिल्मको सुटिङ बैशाख अन्तिमबाट सुरु गरिने बुझ्नमा आएको छ ।