पूजाले जितिन् ‘मिसेस भोग नेपाल’ उपाधि

0 Shares

काठमाडौं ।
‘मिसेस भोग नेपाल’ को उपाधि ललीतपुरकी ३२ वर्षीया पूजा पाख्रिनले जितेकी छिन् । बिबाहीत महिलाहरुबीच हुने प्रतियोगीताको फाइनलमा पूजाले आफ्ना ११ प्रतिस्पर्धीलाई पछि पारेर पाँच लाख रुपैयाँ बराबरका बिभिन्न गिफ्ट ह्याम्परसहित शीर्ष उपाधि प्राप्त गरेकी हुन् । मिसेस भोग मोस्ट स्टाइलिष्ट र मोस्ट फोटोजेनकको उपाधिसमेत जितेकी उनले जेडी इन्स्टिच्युट अफ फेसन टेक्नोलोजीबाट एक बर्षको फेसन डिजाइनिङ कोर्ष निशुल्क लिन पाउने छिन् ।


हाउस अफ फेसनले बुधवार राति राजधानीमा आयोजना गरेको प्रतियोगीताका विभा बस्नेतले मोस्ट पपुलर पब्लिक च्वाइस् अवार्डका साथमा कमर्शियल एम्बास्डरको उपाधि जितिन् । आकृति श्रेष्ठले फस्ट रनर्स अपका साथमा मोस्ट इन्टेलिजेन्टको अवार्ड प्राप्त गरिन् भने मनिला लामिछानेले सेकेण्ड रनर्सअपको उपाधि जित्न सफल भइन् । उनले मिसेस ग्लोइङ स्किन तथा बेस्ट परफर्मेन्सको अवार्ड पनि जितिन् ।
प्रतियोगिताको टप सेभेनमा मनिला लामिछाने, बिकिता सुवेदी, पूजा पाख्रिन, आकृती श्रेष्ठ, यादिना रजक,विभा बस्नेत र मेरिशा सुवाल पुग्न सफल भएका थिए । स्मिथ तामाङले कोरियोग्राफी गरेको प्रतियोगितामा मेरिशाले मिसेस बोल्ड एण्ड इलिगेन्स, मिना परियारले बेस्ट स्माइल, यादिना रजकले ब्यूटि विद द पर्पस, बिकिता सुवेदीले मोस्ट डिसिप्लिन,लक्ष्मी केसीले मोस्ट इनर्जेटिक,रश्मी महर्जनले बेस्ट वाक तथा राधिका चौधरीले बेस्ट पर्सनालिटीको अवार्ड जित्न सफल भए ।

आयोजक संस्थाकी प्रमुख ओशिमा बानुले प्रतिस्पर्धीहरुबीच प्रशिक्षणको पहिलो दिनदेखि नै गरिएको मूल्यांकनको आधारमा विजेता तथा उपविजेताको छनोट गरिएको जानकारी गराइन् । मोस्ट ट्यालेन्ट अवार्डका लागि भने केही समयअघि ट्यालेन्ट शो आयोजना गरिएको थियो । प्रतियोगितामा १२ जना विवाहित महिलाहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा खरो उत्रनका लागि उनीहरुलाई पछिल्लो एक महिनाभन्दा लामो समयदेखि प्रशिक्षण दिइएको थियो । त्यसक्रममा उनीहरुले र्याम्प वाक, व्यक्तित्व विकाससहितका जीवनोपयोगी विषयमा प्रशिक्षण दिइएको थियो ।

 

सम्बन्धित समाचारसबै