के साँच्चै जुध्ला त ‘फर्की फर्की’ सँग ‘पुजार सार्की’ ?

0 Shares

 ‘दान्भी’ झन् के कम ?


काठमाडौं,१९ चैत्र ।

एउटै मितिमा दुई वा दुई भन्दा बढी नेपाली फिल्म प्रदर्शन हुनु अर्थात जुध्नु नौलो कुरा भएन । क्यालेन्डरमा कतै रातो लागेको छ भने त्यहाँ फिल्म रिलिज गर्न निर्माता,निर्देशक,बितरकको हानाथाप नै पर्ने गरेको छ । अझ्,तीज,दशै,तिहार,शिबरात्री र नयाँ बर्षका बिदामा फिल्म रिलिज गर्न त जोकोही नि तम्सिन्छ । गत फागुन २५ गते शिबरात्रीको बिदा खान एकसाथ तीन वटा फिल्म–‘उपहार’,‘रंगेली’ र ‘काँडेतार’ जुधाइए । परिणाम,बिदा खान आएका फिल्मले लगानी समेत उठाउन सकेनन् ।

नेपाली नेपाली फिल्म जुध्ने गरे तापनि ठूला हिन्दी फिल्मसँग जुधाउन भने मै हँु भन्ने ‘ब्रान्ड’ बाला निर्माता पनि डराउने गरेका छन् । अहिले नै,‘पुष्पा–२’ को प्रदर्शन मिति अगस्त १५ अर्थात् साउन ३१ गतको मितिमा जतिसुकै ठूलो मानिएका नेपाली निर्माताले पनि फिल्म रिलिज गर्न मानेका छैनन् । बिगतका बर्षहरुमा जनै पूर्णिमा,गाइजात्रा, कृष्ण जन्माष्टमीको बिदा खान नेपाली फिल्महरु जुध्ने गर्थे । तर यसपाली त्यो डेटमा ‘पुष्पा–२’ आउदैछ । त्यसकारण साउन ३१ देखि भदौ १४ गतेसम्म कुनै पनि नेपाली फिल्मले डेट हालेका छैनन् । तीजको अबसर,भदौ २१ मा भने अहिलेसम्म दुईटा फिल्मले प्रदर्शन तोकेका छन्– रोहित अधिकारीको ‘बरिष्ट वलराम’ अनि सुदर्शन थापाको ‘रावायण’ । अनौपचारिक रुपमा तीजमा फिल्म रिलिज गर्छु भन्ने निर्माता करिब आधा दर्जन भेटिन्छन् मार्केटमा ।

फेरि, यसपालीको तीजको डेटलाई नेपाली फिल्म रिलिजका लागि सुखद मानिएको छैन । अपुष्ट खबर अनुसार ‘पुष्पा–२’ सँगै साउन ३१ मा रिलिज हुने भनिएको अर्काे हिन्दी फिल्म ‘सिंघम अगेन’ उक्त मितिमा नआएर तीन साता पर सर्ने भएको छ रे । भनेको, ‘सिंघम अगेन’ अब २१ भदौमा रिलिज हुन्छ । त्यसकारण, अगाडिबाट ‘पुष्पा–२’ ले पेलिरा’ हुन्छ, अनि सँगै आउछन् एकसाथ तीन चार वटा नेपाली फिल्म । त्यसकारण यसपालीको तीज नेपाली फिल्मका लागि उपयुक्त नभएको (कु) तर्क बजारमा सुनीन थालेको छ ।
अभिनेता अनमोल केसीको जन्मदिन,चैत्र १७ को अबसर पारेर ‘फर्की फर्की’ ले फस्र्टलुक पोस्टर सार्वजनीक गर्यो । यो फिल्म बुद्ध जयन्तीको दिन जेठ १० बाट प्रदर्शन हुदैछ । ‘पुजार सार्की’ चाहिँ जेठ ११ गते प्रदर्शन हुने चर्चा चलिरहेको छ । यद्यपी,निर्माता,निर्देशकले ‘पुजार सार्की’ को प्रदर्शन मिति औपचारिक रुपमा घोषणा भने गरेका छैनन् । तर, अनमोलको ‘फर्की फर्की’ को फस्र्टलुक आएकै दिन, बिना कुनै पूर्व घोषणा ‘पुजार सार्की’ ले पल शाहको क्यारेक्टर लुक्स सार्वजनीक गर्नुलाई अर्थपूर्ण रुपले हेरिएको छ ।

के साँच्चै, मल्टिस्टारर फिल्म–अनमोल,प्रदिप,पलका फिल्म एक आपसमा जुध्ने नै हुन् त ? फिल्म बजारमा अचेल यस्तै कुराकानी हुने गरेको छ । ‘फर्की फर्की’ ले सुटिङ सुरु गरे लगत्तै जेठ १० भनेर डेट सार्वजनीक गरेको थियो ।
केही समय अघि सोही मितिमा पूजा शर्मा स्टारर ‘दान्भी’ ले पनि डेट हाल्यो । पूजाले बडेमानको मेसिनगन बोकेर भुटुटु फायर गरेको पोस्टर अनि टिजरले बजारमा चर्चा र मिश्रीत प्रतिक्रिया पाइरहेको बेलामा सोही मितिमै ‘पुजार सार्की’ रिलिज हुने समाचार,अनुमान,ठोकुवा छ्याप छ्यापी भइरहेको छ । संयोग कस्तो भने,दुई दिनअघिबाट ‘दान्भी’ र ‘पुजार सार्की’ को बाँकी छायांकन काठमाडौंमा धमाधम गरिरहीएको छ । सुन्नमा आएअनुसार, ‘दान्भी’ को एक्शनका लागि दिनको एक लाख रुपैया आइसी तिरेर बलिउडबाट केजिएफ वाला मेसिनगन ल्याइएको छ रे ।

‘दान्भी’ के कम ? खत्रै गर्ने सोचले निर्माताले भरमार पैसा लगाइरहेका छन् । पूजा झनु किन कम हुन्थिन् र ? आफ्नो फिल्मका लागि उनी कति खटिन्छिन्, देखिदै आएको छ । यहाँ कोही कोहीभन्दा कम छैन ।
फेरि पनि के ‘फर्की फर्की’ र ‘पुजार सार्की’ साँच्चै जुध्छन् त ? दर्शकलाई त थाह छैन, फिल्मकर्मी तथा पत्रकारहरुमा भने कुतुहलता छ । यो कुतुहलता खुलासा हुने छ मंगलबार । कसरी भने, मंगलबार ‘पुजार सार्की’ को फस्र्टलुक पोस्टर रिलिज डेट सहित रिलिज गरिदैछ । ‘फर्की फर्की’ र ‘दान्भी’ त आइहाल्छन जेठ १० मा । ‘पुजार सार्की’ नि ? यो भने मंगलबार दिउँसो नै थाह हुन्छ । कुर्नै पर्यो !

सम्बन्धित समाचारसबै