0
Shares
काठमाडौँ,१५ चैत्र ।
आइसी डिजाइनर रनवेमा थुप्रै सेलिब्रेटीले क्याटवाक गर्ने भएका छन् । शुक्रबार,१६ चैत्रमा याक एण्ड यति होटेलमा आयोजना हुने फेसन शोमा अभिनेत्री प्रियंका कार्की,आँचल शर्मा,नीति शाहदेखि लिएर मिस नेपाल अस्मि श्रेष्ठ, पूर्व मिस नेपाल मलिना जोशी, प्रियंका रानी जोशी, मिस्टर नेपाल समर्पणजंग कार्की, मोडल सविता कार्की, जेड दीपिका गारेट जस्ता चर्चित सेलिब्रेटी प्रस्तुत हुदैछन् ।
१३ औं आइसी डिजाइनर रनवे नामक उक्त शोमा भारत,रसिया, सर्बिया लगायतका देशका अन्तराष्ट्रिय मोडलहरु पनि सहभागी हुने इभेन्ट म्यानेजर नेक्स मोडल्स नेपालका सिइयो रबि धमलाले जनाएका छन् ।
शोमा आइसी कलेजका २०२१ ब्याजका ७३ बिद्यार्थी डिजाइनरहरुले तयार पारेका बिबिध डिजाइन १५ सिक्वेलमा प्रस्तुत गरिने जानकारी आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले दिएकी छिन् ।