नेपालकै पहिलो एनिमेडेट फिल्म ‘सलीना’ को यस्तो ट्रेलर,१६ चैत्रबाट हुदैछ प्रदर्शन

0 Shares

काठमाडौं, १४ चैत्र । 
नेपालकै पहिलो एनिमेटेड फिचर फिल्मका रुपमा दावी गरिएको फिल्म ‘सलिना–योद्धा राजकुमारी’ को ट्रेलर सार्वजनीक गरिएको छ । १६ चैत्रबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको साढे २ मिनेट लामो ट्रेलरमा सलिना नामकी दन्त्य कथाकी राजकुमारी वरपर केन्द्रित देखिन्छ ।
काल्पनीक कथामा एनिमेसन प्रबिधिबाट निर्माण गरिएको फिल्मका सबै पात्र एनिमेटेड छन् । तेजसराज जोशीको निर्देशनमा बनेको फिल्मको निर्मातामा निर्देशक तेजस र श्रुती श्रेष्ठ छिन् । रेनमेकर एनिमेसन एकेडेमीले निर्माण गरेको यो फिल्मको ग्राफिक सगीन महर्जन,अविनाश सिंह थारु र शिरभा मानन्धरले गरेका हुन् । शिब पुरी र श्रुतीले सम्पादन गरेको फिल्ममा सुशील नेपाल,अदिति ज्ञवाली,बेनिशा खतिवडा,एज्मी कुइँकेल,झरना राई,देव न्यौपाने,शिब पुरी,युविन पुजारी,जुना थापालगायतको पाश्र्व स्वर रहेको छ ।ट्रेलरमा सलीना नामक राजकुमारीले सत्यको पक्षमा युद्ध गरेको देखाइएको छ । बिशेष गरी बालबालिका लक्षित गरिएको फिल्म निर्माण पुरा हुन ६ बर्ष लागेको निर्माण टिमले जनाएको छ । निर्देशक तेजसले ‘सलीना’ अन्तराष्ट्रिय स्तरको बनेको जिकिर गर्दै नेपालमा फिचर एनिमेडेट फिल्म यो नै पहिलो भएकाले आफू सफल हुनेमा बिश्वस्त रहेको बताउछन् ।

हेर्नुस् ट्रेलर–

 

 

 

सम्बन्धित समाचारसबै