चलचित्र पत्रकार संघको फिचर लेखन प्रतियोगिता घोषणा

0 Shares

काठमाडौं ।

प्रथम हुने फिचरलाई २० हजार, दोश्रोलाई १५,तेश्रोलाई १० र सान्त्वना स्वरुप  दुई जनालाई जनही ५ हजार पुरस्कार प्रदान गरिने छ ।

चलचित्र पत्रकार संघ नेपालले फिचर लेखन प्रतियोगीता घोषणा गरेको छ । संघले चलचित्र पत्रकारिताको स्तर अभिवृद्धि तथा सिर्जनात्मक लेखनलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘चलचित्र पत्रकारिता राष्ट्रिय फिचर लेखन प्रतियोगिता–२०८३ आयोजना गरेको हो ।

संघद्वारा शुक्रबार प्रेषित बिज्ञप्तीमा प्रतियोगीतामा प्रतिस्पर्धाका लागि संघका सदस्य तथा गैरसदस्यलाई आव्हान गरेको छ ।

प्रतियोगीतामा भाग लिनका लागि चलचित्र,गीतसंगीत, कला,साहित्य वा रंगमञ्चसँग सम्बन्धित फिचर स्टोरी वा फिल्म समीक्षा न्युनतम ११ सयदेखि अधिकतम १९ सय शब्दसम्मको मौलिक,अप्रकाशीत र लेखक स्वयम्को सृजना हुनुपर्ने छ । रचना ०८३ असोज २३ filmjournalistnepal@gmail.com मा पठाउनु पर्ने प्राबधान राखिएको छ । प्राप्त लेखरचना मध्ये उत्कृष्ट ५ लाई नगद पुरस्कारसहित सम्मान गरिने छ ।

महासचिव गोपीकृष्ण चापागाईँद्वारा प्रेषित बिज्ञप्तीमा प्रथम हुने लेखकलाई २० हजार,दोश्रोलाई १५ हजार,तृतियलाई १० हजार र सान्त्वना दुई जनालाई जनही ५ हजार पुरस्कार नगद र प्रमाणपत्रसहित पुरस्कृत गरिने जनाइएको छ ।

 

सम्बन्धित समाचारसबै