परदेश जानेको पीडामा सीताको परदेश जाने..

0 Shares

काठमाडौं ।

बाबु र काकाको प्रेरणाले  गायनमा लागेकी सीता आङ्देम्बेले आफ्नो नयाँ गीत परदेश जाने..मा परदेश जान बाध्यता नेपालीको पीडा प्रस्तुत गरेकी छिन् ।

बैदेशिक रोजगारीमा जानुपर्ने नेपालीको बाध्यात्मक परिस्थितिलाई समेटेर ‘परदेश जाने’ बोलको गीत तयार पारिएको छ । सीता आङ्देम्बे र भीम शेर्मा लिम्बूको स्वरमा रहेको सो गीतको भिडियो गायिका सीताको युट्युव च्यानल सीता आङ्देम्बेमार्फत दर्शकमाझ ल्याइएको छ ।


लामो समयदेखि जापान बस्दै आइरहेकी पाँचथरकी सीता पारिवारिक माहौल नै संगीतमय भएकाले गायनमा आकर्षित भएकी हुन् । स्थानीय रुपमा चर्चित गायक बुबा भिमराज र काका तेजमानको प्रेरणाले गर्दा यो क्षेत्रमा पाइला बढाएकी सीताले पहिलोपटक ०७० सालमा बरिष्ट गायक सीताराम ताजपुरियासँग गौरादहको बजारमा.. बोलको गीत रेकर्ड गराएकी थिइन् ।

विबिध कारणले साँगितीक क्षेत्रमा निरन्तरता दिन नसकेता पनि पछिल्लो पटक उनी नयाँ गीत लिएर दर्शकमाझ आएकी छिन् । माया आङ्देम्बेको प्रस्तुति र शब्द रहेको परदेश जाने..गीतको भिडियोमा मानहाङ्ग लावती ,गीता माबुहाङ्ग, बाल कलाकार निङ्गवा योङ्गहाङ्ग र रहा राई छन । दिनेश माङ्गमुले निर्देशन गरेको भिडियो सुजन श्रेष्ठले खिचेका र अनिल रानाले सम्पादन गरेका हुन् । जीवनयापनको संघर्षमा आफू जहाँ रहे पनि आम नेपालीको भावना र मर्मलाई गीतसंगीतको माध्यमबाट प्रस्तुत गरिरहने प्रतिबद्धता सीताको छ ।

हेर्नुस् भिडियो–

 

 

 

 

सम्बन्धित समाचारसबै